गाडिएको दुईदिनपछि शव उत्खनन

प्रकाशित मिति : भदौ ३० शनिवार, २०७५

खोटाङमा दुई दिन अघि गाडिएको शव प्रहरीले उत्खनन गरेको छ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका १ याम्खा खमारेका ४५ वर्षीय भीमबहादुर राईको शव प्रहरीले शनिवार उत्खनन गरेको हो ।

 

भदौ २८ गते कालगतीले मृत्यु भएको भनि दाहसंस्कार गरी सकिएका राईको शंकास्पद मृत्यु भएको जानकारी आएपछि शव उत्खनन् गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले बताए । उत्खनन गरिएको शव पोष्टमार्टमका लागि सदरमुकाम दिक्तेल ल्याइदैछ ।