खोटाङमा प्रहरीको ६ यूनिट विस्तार

पुस २६ शनिवार, २०७६
खोटाङ । चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७६/०७७ मा खोटाङमा एक ट्राफिक प्रहरी कार्यालय, चार प्रहरी चौकी र एक विमान सुरक्षा गार्ड स्थापना, स्तरबृद्धि एबं स्थानान्तरण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी खार्पा, प्रहरी चौकी हरमटार, प्रहरी चौकी दुर्छिम, प्रहरी चौकी याङसोलाटार र विमान सुरक्षा गार्ड थामखर्कको स्थापना एबं स्तरबृद्धि गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिए ।