दिक्तेल महोत्सव बारे काठ्माण्डौंमा प्रचार–प्रसार

पुस २७ आइतवार
खोटाङ । खोटाङमा आयोजना गर्न लागिएको प्रथम दिक्तेल महोत्सवको प्रचार–प्रसार सुरु गरिएको छ । ‘आर्थिक संमृद्धिको आधार व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित उद्योग वाणिज्य संघको आयोजनामा आगामी फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवको काठ्माण्डौंबाट प्रचार–प्रसार सुरु गरिएको हो ।

शुक्रबार काठ्माण्डौं कोटेश्वरमा किरात राई यायोक्खाको कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सांसद विशाल भट्टराईले प्रचार–प्रसार कार्यक्रमको शुभारम्भ गरेका छन् ।

महोत्सवको बारेमा प्रचार–प्रसार गर्दै काठ्माण्डौंमा रहेका खोटाङ्गे तथा गैर–खोटाङ्गेलाई महोत्सवमा आउनका लागि निमन्त्रण स्वरुप प्रचारात्मक अभियान सुरु गरिएको उद्योग वाणिज्य संघका महासचिव मनोज बजिमयले बताए । महोत्सवलाई सफल र उपलव्धिमूलक बनाउनका लागि प्रचारात्मक अभियानलाई व्यापक बनाइने बाणिज्य संघले जनाएको छ ।

जिल्लाको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा बाणिज्य संघले महोत्सवको तयारी गरेको हो ।

महोत्सवमार्फत आन्तरिक बजार सवलीकरण गर्ने र निकासीयोग्य स्थानीय उत्पादनको बजारीकरण गर्न प्रचार–प्रसार गर्दै उच्चतम दिगो आर्थिक संमृद्धि हासिल गर्नमा टेवा पुग्ने दावी गरिएको छ ।

स्थानीय तहको कार्यान्वयनसँगै साविकको दिक्तेलबजारको घट्दो व्यापार–व्यवसायलाई पुःन जागृत गराउनका लागि बाणिज्य संघले महोत्सवको तयारी गरेको हो । महोत्सवको अवधिमा करिब एक अर्वको कारोबार हुने प्रक्षेपण गरिएको बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए ।