विद्युत सर्ट भएर आगलागी हुँदा ४८ लाख बराबरको क्षती

पुस २९ मंगलवार, २०७६
खोटाङ । खोटाङमा विद्युत सर्ट भएर आगलागी हुँदा ४८ लाख बराबरको धनमाल नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ रमितेडाँडाका गोपी कट्वालको दुई तले घर तथा घरमा राखिएको ६ तोला सुन, दुई लाख नगद, अन्नपात, काठपात लगायत जल्दा ४८ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान पौने ८ बजे भएको आगलागीमा कट्वालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तन लगायतका धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएर अन्य घरलाई आगोबाट जोगाइएको थियो । अग्नी पिडित कट्वाल सामुदायिक सेवा केन्द्र दिक्तेलका ईन्चार्ज एबं प्रहरी सहायक निरीक्षक हुन् । नजिकै नयाँ आरसिसि घर बनाएपनि कट्वाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।