बाक्लो हुस्सुसहित खोटाङमा वर्षा सुरु, यस्तो छ मौसमविदको आग्रह

माघ ३ शुक्रवार, २०७६
खोटाङ । खोटाङमा बाक्लो हुस्सुुसँगै शुक्रवार बिहानबाट वर्षा सुरु भएपछि चिसो ह्वात्तै बढेको छ । चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित बनेको छ । पानी र चिसोका कारण बिहानदेखि बेलुकासम्म भीडभाड भइरहने सदरमुकाम दिक्तेलका चौक चिसोका कारण सुनसान बनेका छन् ।

जिल्लाका उच्च लेकाली भूभाग ट्याम्के, रुपाकोट, नुनथला, लगायतका क्षेत्रमा अधिक चिसो बढेको छ । पानीसँगै बाक्लो हुस्सु लागेका कारण यी क्षेत्रमा हिमपात हुने संभावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा वर्षासँगै भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।
पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ३ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भू(भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।

माघ ५ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू(भागमा आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातका साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न हुन सर्वसाधारण लाई अनुरोध छ ।