खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

माघ ६ सोमवार, २०७६
खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हलेसीबाट रभुँवातर्फ जादै गरेको ना.५ त. ७१५४ नम्बरको ट्याक्टर खाली हलेसी तुवाचुङ नगरपालिका–७ ऐसेलुखर्कमा आइतवार राती दुर्घटना हुँदा ट्याक्टर चालक त्रियुगा नगरपालिका–६ जलजले उदयपुरका २८ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक वामदेव गौतमले जानकारी दिए ।

ट्याक्टर अनियन्त्रित भई सडकबाट करीव २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घट्नामा रौतहट चन्द्रनिगाहपुर घर भइ हलेसीमा व्यवसाय गर्दै आएका २० वर्षीय राजु साह घाईते भएका छन् । उनलाई उपचारकालाई स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।