सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी

माघ ७ मंगलवार, २०७६

खोटाङ । प्रतिनिधिसभाको सभामुखका लागि नेकपाबाट मात्रै उम्मेदवारी परेको छ । १२ गते हुने चुनावका लागि नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन ।

पूर्वसभामुख एवम््् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अन्य कुनै पनि पार्टीबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो । । योसँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ ।

पूर्वसभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोप लागेपछि गत असोजमा राजीनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुखविहीन थियो ।