बाम्राङमा नेपाली कांग्रेसको वडा कार्य समिति गठन

माघ १४ मंगलवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङमा राजेन्द्र राईको अध्यक्षतामा १५ सदस्यीय नेपाली कांग्रेस वडा कार्य समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा प्रेमचन्द्र थापा र मिना कार्की, सचिवमा युवक राई र सुरेस कार्की, सहसचिवमा छत्र राई र सन्तोष कार्की सर्वसहमत चयन भएका छन् ।
यस्तै, रोशन खत्री सभापति रहेको ९ सदस्यीय नेपाल तरुण दल वडा समिति पनि गठन गरिएको नवनिर्वाचित सचिव युवक राईले जानकारी दिए । नेपाली कांग्रेस खोटाङका उपसभापति नबराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला सदस्य प्रकाश श्रेष्ठलगायतको उपस्थिति रहेको कांग्रेसले जनाएको छ ।