‘च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डः कार्की ’ सद्भाबना दूतमा नियुक्त

माघ १४ मंगलवार, २०७६
खोटाङ । च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस् ले नेपालका युवा चित्रकुमार कार्कीलाई सद्भाबना दूत नियुक्त गरेको छ । उदयपुर त्रियुगा नगरपालिकाका कार्की सन् २०११ देखि उल्टो मोटरसाइकल चलाएर चर्चामा आएका युवा हुन् ।

उल्टो मोटरसाइकल यात्रा गरेर विश्व कीर्तिमान राखिसकेका कार्कीले  चार वटा विषयमा कीर्तिमान राखेका छन् । च्याम्पियन्स बुक अफ वल्र्ड रेकर्डस्ले यसै २०२०, जनवरी ३, तारेखमा कार्कीलाई सद्भाबना दूत नियुक्त गरेको हो ।

उनले २०११ देखी उल्टो मोटरसाइकल चलाएर ‘शान्ति र संविधान युवाको अभियान, भ्रष्टाचारमुक्त राष्ट्र निमार्ण गरौं, पर्यटकलाई आकर्षित गरौं ‘भन्ने नारा बोकेर उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो मोटरसाईकलको यात्रा गरेर कार्कीले कीर्तिमान राखेका थिए ।

उनी २०७३ का लागि वर्ष साहसिक युवा प्रतिभा पुरस्कारबाट सम्मानित भईसकेका छन् । त्यस्तै रौता एकता समाज र नेपालटार एकता समाजले पनि उनलाई सम्मान गरिसकेको छ ।