विद्यालयको वार्षिक उत्सवका अवशरमा नौ जना सम्मानित

माघ १६ बिहीवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स्थित सरस्वती मावि डाँडाखर्क सप्तेश्वर छितापोखेरीले नौ जनालाई सम्मान गरेको छ ।“गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता” भन्ने मुल नाराका साथ विद्यालयको ६६ औं वार्षिक उत्सव कार्यक्रमको अवशरमा विद्यालयको शैक्षिक उन्यनका लागि सहयोग पु¥याउनु हुने व्यक्तिहरुलाई विद्यालयले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा जग्गादता सावित्रा थापा, पूर्व श्रोत व्यक्ति मणिकुमार गिरी, पूर्व विद्यालय व्यवस्थापन अध्यक्ष नवराज खड्का, पूर्व शिक्षक अभिभावक संघ अध्यक्षहरु हरिबहादुर थापा, बिष्णुबहादुर थापा, तीर्थबहादुर तामाङ र दिनेश खड्का, पूर्व शिक्षक धिरज खड्का र सुवाश पराजुलीलाई दोसल्ला ओढाएर सम्मानपत्र र मायोको चिनोद्वारा सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक सुमन खड्काले जानकारी दिए ।

बुधवार र बिहीवार मनाइएको वार्षिक उत्सव कार्यक्रममा विद्यालयले अभिभावकका लागि हाजिरीजवाफ, हण्डीफोर र म्युजिकल चियर तथा विद्यार्थीहरुका लागि कविता प्रतियोगिता, गजल वाचन, नृत्य प्रतियोगता र धोक्रो दौड प्रतियोगता गरिएको प्रअ खड्काले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश खड्काको सभापतित्व तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका शिक्षा शाखा संयोजक मणीकुमार गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको विद्यालयले जनाएको छ ।