खोटाङमा नेवा मिसा दबु गठन

खोटाङ ।  खोटाङमा नेवार समुदायका महिलाको संगठन नेवा मिसा दबु गठन गरिएको छ । शनिबार दिक्तेलको समिक्षालय हलमा भएको नेवार समुदायका महिलाको भेलाले नेवा देय दबु निकट मानिने नेवा मिसा दबु गठन गरिएको हो ।

 

भेलाले रञ्जना श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नेवा मिसा दबुको जिल्ला समिति गठन गरिएको हो । नेवा मिसा दबुको उपाध्यक्षमा धनकुमारी श्रेष्ठ, सचिवमा बिनिता श्रेष्ठ र कोषाध्यक्षमा शोभा उदास चयन भएका छन् । नेवा देय दबुका केन्द्रीय सदस्य अनिल मास्केको प्रमुख आतिथ्य, नेवा मिसा दबुका केन्द्रीय उपाध्यक्ष विमला प्रधानको बिशेष आतिथ्यतामा जिल्लामै पहिलो नेवा मिसा दबु गठन गरिएको हो ।

खोटाङको आठ गाउँपालिका र दुई नगरपालिकाको प्रतिनिधित्व रहने गरी नेवा मिसा दबु गठन गरिएको नेवा देय दबु जिल्ला कार्य समिति खोटाङका इन्द्र कसजूले जानकारी दिए । नेवा मिसा दबु जिल्ला कार्य समिति गठनपछि क्रमशः अन्य गाउँपालिका र नगरपालिकामा पनि नेवा मिसा दबु गठन गरिने जनाइएको छ ।

नेवार समुदायका महिलालाई एकतावद्ध गर्दै नेवार भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण र संवद्र्धनका लागि नेवा मिसा दबु गठन गरिएको हो ।

प्रकाशित मिति  :  असोज १३ शनिवार २०७५, समय   २१ : १४