खोटाङ सेवा समाज कतारको अध्यक्षमा शर्मा

वैशाख ८ आइतवार, २०७६
खोटाङ ।खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा आचार्य चयन भएका छन् । बैदेसिक रोजगारीका सिलसिलामा कतारमा पुगेका खोटाङका युवाले २१ वर्षअघि स्थापना गरेको समाजको शुक्रबार दोहास्थित केरला कल्चर सेन्टरमा सम्पन्न दशौं अधिबेसनबाट शर्मा अध्यक्षमा चयन भएका हुन् ।

रोजगारीमा सिलसिलामा कतार पुगेका जिल्लाबासीलाई एकतावद्ध गर्दै समस्या परेका बेलामा हातेमालो गर्नका लागि २०५४ सालमा स्थापना गरिएको समाजको प्रथम उपाध्यक्षमा डिल्लीसेर खड्का, द्धितीय उपाध्यक्षमा दिनेश कार्की, महासचिवमा कैलाश श्रेष्ठ, सचिवमा पर्शुराम श्रेष्ठ, कोषाध्यक्षमा बलराम लोप्चन तामाङ र सह–कोषाध्यक्षमा रविन शेर्पा चयन भएका छन् ।

२१ सदस्यीय समाजको सदस्यमा बलराम आचार्य, महेश दाहाल, चुडामणी पुरी, गजेन्द्र राई, जीवन राई, राजकुमार राई, सन्तोष आले, विश्वराज खत्री, लोकेन्द्रबहादुर खड्का, गंगा पराजुली, यादव पुरी, मोहन कोईराला, रामकुमार मगर र गंगा गुरुङ चुनिएका छन् ।

कार्यक्रमका अवशरमा समाजका संस्थापक सदस्य चानक पोखरेल, भाइकाजी गुरुङ, अमृतकुमार राई र धनकाजी राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा एनआरएनए कतारका अध्यक्ष नगेन्द्र पोखरेल नविनले प्रवासमा रहेका युवा आवद्ध समाजले जिल्लाको सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका छन् ।

रोजगारीका सिलसिलामा कतार पुगेका नेपालीले स्थापना गरेको विभिन्न संघसंस्थाको प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

समाजले आपत विपतमा परेका नेपाली कामदारको उद्धार, अकालमा मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने, आखफन्त गुमाएका आश्रित परिवारलाई आर्थिक तथा संस्थागत सहयोग गर्दैआएको छ ।

यस बाहेक समाजले २०७४ सालमा खोटाङका लागि एक वटा एम्बूलेन्स जुटाएर हस्तान्तरण गरेको थियो । समाजका नवनिर्वाचित अध्यक्ष शर्माले विगतमा भएका अपुरा कामलाई पूरा गर्दै सामाजिक कामलाई निरन्तरता दिने प्रतिवता जनाएका छन् ।