राम्रो “म”

दिलिप राई "अनहेप्पी"

 

म,
अर्थात
राम्रो “म”
म,भन्छ,
केबल,मात्र म!
मात्र मेरो
मात्र मलाई
मात्र मैले,
मात्र मेरो,मान मर्यादा
यो “भ” पछि आउने “म”
अहंकारी अक्षर “म”
स्वार्थी अक्षर “म”
निरंकुस अक्षर”म”
कसैलाई नटेर्ने”म”
कसैलाई नगन्ने”म”
कसैलाई नपत्याउने “म”
यो “म”
“म” बाहेक
तिमी जान्दैन
हामी जान्दैन
तिमी हामी जान्दैन
र अरु केही जान्दैन
केबल जान्दछ,
मात्र “म”
राम्रो “म”