आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा शुभचन्द्र राई प्रथम
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२”मा खोटाङका कवि शुभचन्द्र राई प्रथम भएका छन्।
सोही प्रतियोगितामा मकवानपुरका कवि तुलसी घिमिरे दोस्रो र भरतपुरका कवि परिवेश मुन्द्रे तेस्रो भएका छन्। त्यस अतिरिक्त उत्कृष्ट दुईमा सिन्धुलीका कवि रमेश दाहाल र काठमाडौंका कवि संगीता खरेल भएका छन्।
सो निर्णय वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा बनेको निर्णायक समितिले गरेको साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
प्रतियोगितामा पहिलो हुनेलाई रु. ३०,०००/-, दोस्रो हुनेलाई रु. २०,०००/- र तेस्रो हुनेलाई रु. १०,०००/- सहित प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगितामा सहभागी उत्कृष्ट २५ कविलाई प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा एक सय आठ कविता प्राप्त भएकोमा उत्कृष्ट २५ कविताको सूची यसअघि सार्वजनिक गरिएको थियो।
संघले प्रतियोगिताको लागि कविता प्राप्त हुनुपर्ने अन्तिम दिन २०८२ पुस मसान्तलाई तोकेको थियो। संघले यसअघि निबन्ध प्रतियोगिता गराएको थियो।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



