खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ 

खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

शुक्रबार घटनामा संलग्न रहेको आरोपमा २८ वर्षीय उर्गेन राई र २४ वर्षीय दिपेन राईलाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उर्गेन राईको घर नजिकैको झाडीबाट भरुवा बन्दुक थान -१ बारुदजस्तो देखिने पदार्थ, फलामका टुक्रा र अन्य सामग्री बरामद गरेको जनाएको छ। दुवै जनाविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।