उत्कृष्ट कार्यसम्पादन गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङले उत्कृष्ट कार्यसम्पादन गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारीलाई सम्मान गरेको छ।
मंगलबार दिक्तेलस्थित कार्यालयमा आयोजित कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ को वार्लङखोला तीनतले चिउरीभिर सिँचाइ योजना र हलेसी तुवाचुङ नगरपालिका–११ को बाँझगरा कुलो सिँचाइ योजना निर्माण उपभोक्ता समिति सम्मानित भएका हो । साथै, वित्तीय प्रशासन तथा व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्याएको भन्दै कार्यालयकी लेखापाल सविना मगर पनि सम्मानित भएकी छिन् ।
सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन, संरक्षण, किसानको सहभागिता, स्थानीय स्वामित्व तथा कृषि उत्पादन वृद्धिमा उल्लेखनीय योगदान पुर्याएकाले उपभोक्ता समितिहरूलाई सम्मान गरिएको कार्यालय प्रमुख डा. महेश यादवले जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेल र डिभिजन प्रमुख डा. महेश यादवले सम्मानपत्र र खादा प्रदान गर्दै सम्मान गर्नुभएको थियो।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



