पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित डेढ सय व्यक्तिका पदक खारेज हुँदै
असोज ५ आइतवार, २०७६
काठमाण्डौ । विभूषित व्यक्ति सम्पर्कमै नआएपछि सरकारले करिब डेढ सय जनालाई प्रधान गरेको मानपदवी (तक्मा) रद्द गर्ने भएको छ । पछिल्लो ९ वर्षमा प्रदान गरिएका १४२ पदक गृहमै बेवारिस छन् । सिफारिस व्यक्तिलाई मानपदवी ग्रहण गर्न पटकपटक आग्रह गरिएपनि बेवास्ता गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड–२०७५’ अनुसार मानपदवी प्रदान गरिएको १ वर्षभित्र सम्बन्धित व्यक्तिले नलिएमा स्वतः रद्द हुन्छ । मापदण्डअनुसार गृहले फिर्ता सम्बन्धी निर्णय लिए पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त) सहित १४२ जनाकै पदक खोसिनेछ ।
सरकारले संविधान दिवसको अवसर पारेर शुक्रबार ६३४ जनालाई मनपदवीमा सिफारिस गरेको छ । ती व्यक्तिलाई २०७७ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछिन । गत वर्ष ३४२ जनालाई मानपदवी प्रदान गरिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



