मपारुङ अन्तरपालिका फुटबल प्रतियोगीता कात्तिकमा
असोज १० शुक्रवार, २०७६
खोटाङ । खोटाङको साकेला गाउँपालिकाले दशैं र तिहारको अवशरमा एक लाख ९५ हजार राशीको फुटबल प्रतियोगीताको तयारी गरेको छ । दशैं र तिहारको अवशर पारेर गाउँपालिकाले आगामी कात्तिक १ गतेदेखि सर्वाधिक राशीको मपारुङ अन्तरपालिका फुटबल प्रतियोगीता गर्ने भएको हो ।
साकेला गाउँपालिका–२ रतन्छास्थित दारुलाटार खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने समुहले क्रमशः १ लाख, ६० हजार र ३५ हजारका साथमा कप प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगीताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट मार्चपास र अनुशासित टिमलाई पनि पुरस्कार र ट्रफी प्रदान गरिने गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।
प्रतियोगीतामा जिल्ला तथा जिल्ला बाहिरका गाउँपालिकाका खेलाडीले प्रतिष्पर्धा गर्ने जनाइएको छ । सहभागी टिमले बढिमा दुई जना खेलाडी मात्र आफ्नो टिममा अन्यत्रबाट भित्र्याउन पाउने गाउँपालिकाले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



