‘धरानै शहरको भानुचोकैमा’ लिएर आईन रश्मी
असोज १३ सोमवार,२०७६
खोटाङ । खोटाङकी गायिका रश्मी राईले छोटो समयमै अर्को गीत बजारमा ल्याएकी छन् । गत जेठमा मात्रै ‘भेडेटारमुनि सुन्दर धरान बजार’ बोलको गीतको म्यूजिक भिडियो र ‘उभौलीको साकेलामा भेट भयो’ बोलको गीत बजारमा ल्याएकी रश्मीले पुःन ‘धरानै शहरको भानुचोकैमा’ बोलको अर्को आधुनिक गीत सार्वजनिक गरेकी हुन् ।
बिनोद खम्बूको संगीत, श्याम साम्पाङ राईको शव्द र धनु ग्याङमी राईको एरेञ्जमा रश्मीको नयाँ गीत बजारमा आएको हो । यु–टुवमार्फत सार्वजनिक गरिएको साँढे चार मिनेटको गीतमा मायाँ प्रेमको भाव झल्काइएको छ ।
जन्तेढुंगा गाउँपालिका–४ डम्वर्खुशिवालय चुम्लुङकी रश्मीले दुई वर्षकै अवधिमा लोक, आधुनिक र पप लयका दुई दर्जन कलेक्सन गीतमा स्वर दिइसकेकी छन् । वाल्यकालदेखि नै संगीतको मोहमा फसेकी रश्मी संगीतमै करिअर बनाउने सपना बोकेर गीत÷संगीतका क्षेत्रमा संघर्षरत छिन् ।
एक, दुई, तीन भन्दै मायाँको गन्ती सुरु भो’ बोलको गीतमा स्वर दिएर सांगीतिक आकाशमा औपचारिक रुपमा प्रवेश गरेकी राई छोटो समयमै दर्शक÷श्रोतको मनमा बस्न सफल भएकी छन् । घरको जेठो सन्तान भएकाले पारिवारिक जिम्मेवारी वहन गर्दै आएकी उनले नेपालीसहित चाम्लिङ, वान्तावा र कोयु भाषाका गीतमा समेत स्वर दिइसकेकी छन् ।
वावु प्रसाद राई र आमा धनकुमारी राईकी चार छोरीमध्ये जेठी छोरी हुन् रश्मी । बढिजसो युवा पुस्ताले रुचाउने गीतमा स्वर दिएकी उनी विभिन्न ठाउँमा आयोजित स्टेज पर्फमेन्समा पनि उत्तिकै जम्ने गरेकी छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



