आगोले पोल्दा घाउमा किरा परेका बालकलाई सहयोग
असोज १४ मंगलवार, २०७६
खोटाङ । आगोले पोलेको घाउमा किरा परेपछि अस्पतालमा पु¥याइएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुस्तमनोस्थितिका १२ वर्षीय सूर्यप्रकाश राईलाई आर्थिक सहयोग जुटेको छ ।
दुई महिनाअघि अगेनामा परेपछि बायाँ खुट्टाको घुँडा डढ्दा घाउमा किरा परेका बालकको सहयोगार्थ किरणजित राईको संयोजकत्वमा गठित सहयोग समितिले १ लाख १४ हजार ४४८ रुपैयाँ आर्थिक सहयोग गरेको हो । बालकको सहयोगार्थ संकलित रकम मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बालकका बाबु कुन्दन राईलाई हस्तान्तरण गरेका छन् ।
आर्थिक अभावका कारण बेलामा उपचार नपाउँदा घाउमा किरा परेपछि भदौ ३ गते जिल्ला अस्पताल दिक्तेलमा उपचारमा लगिएका बालकको सहयोगार्थ समिति गठन गरिएको थियो । भदौ १० गते १५ हजार ८ सय ५ रुपैयाँ प्रदान गरेको सहयोग समितिले पुःन संकलित रकम पिडितलाई हस्तान्तरण गरेको हो ।
संकलन भएकोमध्ये केही रकम कृषि विकास बैंकको शाखा कार्यालयमा पीडितको नाममा खोलिएको खातामा जम्मा गरिएको सहयोग संकलन समितिकी आर्थिक संयोजक सविता भुजेलले बताईन् । जिल्ला अस्पतालमा उनको घाउबाट १५ वटा किरा निकालिएको जनाइएको छ । जन्मजात सेरेवल पाल्सीबाट पीडित बालकको यसअघि पनि आगोमै परेर हात डढेको थियो । सेरेवल पाल्सी नाम निको नहुने रोगका कारण सुस्त भएका कारण उनी पटक–पटक अगेनामा परिसकेका छन् । निम्न आर्थिक अवस्था भएका सुर्यप्रकाशको लालन–पालनका लागि खर्च गर्न रकम सहयोग गरिएको सहयोग समितिका संयोजक राईले बताए ।
घाउमा किरा परिसकेकाले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले किर्तिपुर अस्पताल काठ्माण्डौं लैजान सुझाव दिए पनि आर्थिक अभावकै कारण अन्यत्र लैजान नसकेको परिवारले जनाएको छ । अभियान्ता सञ्जयकुमार राई, सिता थुलुङ, सविता, किरणजीत, गोमा, शुशिला, निनाम लगायतको पहलमा उनका लागि सहयोग रकम जुटाइएको हो ।
बोलचाल गर्न नसक्ने सुस्तमनोस्थितिका सुर्यप्रकाश हिँडडुल समेत सक्दैनन् । बाबु कुन्दन नगरपालिकाको फोहोर संकलन गर्ने मजदुरका रुपमा काम गर्दै आएका छन् । आमाले चार वर्षअघि दोश्रो विवाह गरेर छाडेपछि उनी कान्छीआमा र बाबुको रेखदेखमा बसिरहेका छन् । उनी घरका जेठो सन्तान हुन् ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल, कांग्रेसका जिल्ला सदस्य सुमानवावु आचार्य, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक बामदेव गौतम, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक भोला गिरी, गैसस महासंघका अध्यक्ष दानबहादुर राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष लगायतले सहयोग समितिको प्रशंसा गरेका छन् ।


खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



