म्यूजिक भिडियोमा उदाए गोपाल सागर

असोज १४ मंगलवार, २०७६
खोटाङ । खोटाङका गायक गोपाल सागर राईको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यसकुमार राईको शव्द र संगीत रहेको ‘मलाई राखिदेउ दायाँ–वायाँ’ बोलको गीतको म्यूजिक भिडियो बजारमा आएको हो । गायक राईलाई स्वरमा गायिका भुगोल मुखियाले साथ दिएकी छन् । प्रदीप कुमालको डाइरेक्सन र मनोज साङसोन राईको एरेञ्जमा म्यूजिक भिडियो बजारमा आएको हो ।

यु–टुवमार्फत सार्वजनिक गरिएको म्यूजिक भिडियोमा स्वयं गायक राई र गायीका मुखियाको अभिनय समेटिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका गायक राईको यो डेव्यू म्यूजिक भिडियो हो । बाल्यकालदेखि नै गाउँघरमा हुने हरेक साँगीतिक कार्यक्रममा गीत गुनगुनाउदै आएका राईले आउँदो तिहार आसपासमा आफ्नै शव्द र स्वर तथा यसकुमार राईको संगीतमा अर्को गीत ल्याउने तयारी गरिरहेको बताए ।

हलेसी साहित्यिक मञ्चले २०६६ सालमा हलेसीमा आयोजना गरेको खुला एकल गायन प्रतियोगीतामा तेश्रो स्थान प्राप्त राई हाल काठ्माण्डौंमा सांगीतिक भविष्य बनाउन संघर्षरत छन् ।