खोटाङले शुरुवातको खेलमा ३ स्वर्ण र १ कास्य पदक जित्यो

असोज १६ बिहिवार, २०७६
खोटाङ । सिराहाको गोलबजारमा जारी ‘दोस्रो गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगीतामा’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुरुवातको खेलमा ३ स्वर्ण र १ कास्य पदक जितेको छ ।

 

गोलबजार नगरपालिकाको आयोजना बुधवार सरस्वती मावि जम्दहमा भएको प्रतियोगतामा एकल काता पुरुषमा मोतिचन्द्र राई, एकल काता महिलामा रोश्मा राई र समुह काता महिलातर्फ नन्जु राई, रोश्मा राई र विद्याकला राईले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

यस्तै, समुह काता पुरुषतर्फ अर्जुन श्रेष्ठ, रुरिहाङ्ग दुमि राई र मोतिचन्द्र राईले कास्य पदक जितेका छन् । ५० केजी महिला कुमितेतर्फ नन्जु राई फाईनलमा प्रवेश गरेकी छन् । प्रतियोगिता आज बिहान ८ बजेबाट भईरहेको आयोजकले जनाएको छ ।