व्याडमिन्टन प्रतियोगीतामा एलिस र भानुको समुह प्रथम

असोज १८ शनिवार, २०७६
खोटाङ । प्रहरी दिवसको अवशरमा खोटाङमा आयोजित डबल व्याडमिन्टन प्रतियोगीतामा एलिस दंगाल र भानु राईको समुहले प्रथम स्थान प्राप्त गरेको छ ।

 

६४ औं प्रहरी दिवसको अवशरमा आयोजित प्रतियोगीतामा सहभागी २२ वटा टिममध्ये दंगाल र राईको समुहले प्रथम स्थान प्राप्त गरेको हो । बिहिबार र शुक्रबार दिक्तेलको माटिकोरे कवर्ड हलमा सञ्चालन गरिएको प्रतियोगीतामा अनिल नेपाली र विजय राईको समुह दोश्रो तथा मिलन बस्नेत र हरि खत्रीको समुह तेश्रो भएका छन् ।

प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो स्थापना प्राप्त टिमलाई क्रमशः १० हजार, सात हजार र पाँच हजारका साथमा प्रमाणपत्र प्रदान गरिने आयोजक जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

 

विजेतालाई प्रहरी दिवसको अवशर पारेर आगामी असोज २४ गते पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । जिल्ला प्रहरी कार्यालय परिषरमा उद्घाटन गरिएको प्रतियोगीता माटिकोरेमा सञ्चालन गरिएको थियो ।