जनजागरण अभियान र खोटाङ कांग्रेस

तीर्थराज भट्टराई

असोज १९ आइतवार, २०७६
खोटाङ । २०७४ साल मंसिरमा सम्पन्न भएको संघीय तथा प्रादेशिक निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षित परिणाम ल्याउन सकेन । प्रत्यक्ष निर्वाचन प्राणालीतर्फ आएको परिणाम निराशाजनक र लजास्पद नै मान्नुपर्छ तर समानुपातिक प्रणालीतर्फ आएको मत परिणामले कांग्रेसको कदलाई घट्नबाट जोगाएको थियो ।

संसदीय निर्वाचनको परिणाम पश्चात् नेपाली कांग्रेसको वर्तमान नेतृत्वमाथि विभिन्न प्रकारका प्रश्नहरु उठे । राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा सकारात्मक–नकारात्मक टीका टिप्पणी भए । निर्वाचनमा हारको सम्पूर्ण जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने चर्को रुपमा आवाज उठ्यो । यो प्रश्नका पछाडि प्रशस्तै जनमत पनि देखिन्थ्यो । संगसंगै सभापतिले मात्र हैन यसको जस–अपजस सबैले सामुहिक रुपमा लिनु पर्छ भन्ने जनमतलाई पनि नजर अन्दाज गर्ने अवस्था थिएन ।

निर्वाचनमा आएको लज्जास्पद हार पछाडि भएका विभिन्न तर्क वितर्कबाट करीब एक बर्ष पार्टीका नेता तथा कार्यकर्ता त्यही भुमरीभित्र रुमल्लिई रहे । पार्टीले कुनै गति लिन सकेन, केन्द्रीय तहदेखि गाउँ तह सम्म ।

उता संघीय तथा प्रादेशिक निर्वाचनमा दुई तिहाई हाराहारी मत परिणाम ल्याएको नेपाल कम्युनिष्ट पार्टीले भने देश र जनताको पक्षमा काम गर्नुको सट्टा भ्रष्टाचार, बलात्कार, माफियातन्त्र एवम् अधिनायकवादलाई बढावा दिने कर्मतर्फ उन्मुख रहेको देखिन्छ ।

३३ केजी सुन, ह्वाईटबडी, बालुवाटार जग्गा प्रकरण, निर्मला हत्या, गुठी विधेयक, सञ्चार तथा मानवाधिकार विधेयक, रबि लामीछाने पक्राउ, ज्ञानेन्द्रबहादुर शाही आक्रमण लगायतका काण्ड वर्तमान सरकारले नागरिकबाट अत्याधिक आलोचित भएका घट्नाहरु हुन । एनसिएल र एनटिसी प्रकरणमा भएको घोटलाले मुलुकलाई आर्थिक टाट पल्टाएको विषयलाई पनि जनताले मिहिन ढंगबाट हेरिरहेका छन् ।

प्रधानमन्त्रीको निजी निवास रहेको बालुवाटारको सरकारी जग्गा बिक्री गर्ने भूमाफियासंग संलग्न रहेका सत्ताधारी पार्टीका महासचिव विष्णु पौडेललाई पार्टीबाट आन्तरिक कार्वाही तथा राज्यले कानुनी दायरामा ल्याउनुको सट्टा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक ढंगबाटै बचावट गर्ने दुस्साहस गर्नुभयो । यी काण्डै काण्डमा सरकार रुमलिरहन्दा पनि नेपाली काग्रेसले सशक्त ढंगबाट प्रतिपक्षको भूमिका निर्बाह गर्न सकेन भन्दै बुद्धिजीवि तथा नागरिक तहबाट आवाज उठेपछि नेपाली कांग्रसले कार्यकर्तालाई जागरुक गर्दै पार्टीलाई पुनर्ताजगी गर्ने उद्देश्यले राष्ट्रव्यापी रुपमा जनजागरण अभियान सञ्चालन गर्ने निधो ग¥यो ।
कांग्रेसले जनजागरण अभियानलाई तीन चरणमा सञ्चालन गर्ने निर्णय सार्वजनिक ग¥यो । पहिलो चरणमा २०७६ बैशाख २५ गतेदेखि जेष्ठ २४ गतेसम्म ७७ वटै जिल्लामा एक महिना, दोस्रो चरण जननायक वीपी कोइरालाको १०६ औ जन्म जयन्तीको अवसर पारेर २०७६ भाद्र २४ गतेदेखि असोज ७ गतेसम्म १५ दिन जो भर्खरै समापन भईसकेको छ । त्यसै गरी तेस्रो चरणलाई २०७६ पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर देश व्यापी रुपमा सञ्चालन गर्ने तिथि मिति जुराएको छ । यो कार्यक्रम हुन बाँकी नै छ ।

खोटाङ जिल्लाको हकमा पहिलो र दोस्रो चरणको जागरण अभियान सभ्य र भव्यताका साथ सम्पन्न भएको छ । पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष उदयशम्शेर राणा केन्द्रीय प्रतिनिधिको रुपमा आउनु भएको थियो । करीब उहाँको एक महिनाको बसाईमा विभिन्न कार्यक्रमहरु सम्पन्न भए । जनताको ढाड सेक्ने गरी सरकारले गरेको महँगी, अन्याय, अत्याचार र काण्डै काण्डको फेहरिस्त जनता समक्ष पु¥याउने उद्देश्यले २०७६ जेष्ठ २४ गते दिक्तेलमा बिरोध ¥याली र आमसभा सम्पन्न गरियो । सरकारको गलत गतिविधि र क्रियाकलापको विरुद्ध आम जनताको सहभागीताबाट नेपाली कांग्रेस खोटाङलाई ठूलो समर्थन प्राप्त भयो । जनसमर्थनबाट प्राप्त शक्ति र उर्जालाई आत्मासाथ गर्दै एक नम्बर क्षेत्रका केपीलासगढीको बाक्सिला, ऐसेलुखर्क, रावाबेशीको कुभिण्डे र हलेसीमा बिरोध ¥याली सहित सभा सम्पन्न भयो । नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति बिष्णुकुमार राई, युवा नेता सुवाशकुमार पोखरेल, संविधान सभा सदस्य सरस्वती बजिमय, प्रतिनिधि सभा सदस्य हिरा गुरुङलगायत जिल्ला तहका पाटी नेता, भातृ तथा शुभेच्छुक संघ सस्थाका नेता कार्यकर्ता परिचालित भएका थिए ।

सत्ताधारी पार्टीका सयौं नेता कार्यकर्ताले नेपाली कांग्रेसको आदर्श, सिद्धान्त र विचारलाई शिरोधार्य गर्दै चारतारे झण्डालाई आत्मासाथ गरेका थिए । बौद्धिक युवा नेता केन्द्रीय प्रतिनिधि राणाले प्रमुख अतिथिको रुपमा विभिन्न ठाउँ पुगेर बिरोध ¥याली तथा सभालाई सम्वोधन गर्नुभएको थियो । क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति तथा नगरप्रमुख ईवन राई, महाधिवेशन प्रतिनिधि बिमला राई उपप्रमुख रहनु भएको हलेसी तुवाचुङ नगरपालिकामा पहिलो चरणको कार्यक्रम समापन भएको थियो ।

केन्द्रीय कार्यालयको परिपत्र अनुसार १०६ औ वीपी जयन्तीको सुअबसर पारेर दिप्रुङ चुईचुम्मा गाउँपालिकाको ओख्रेमा उद्घाटन कार्यक्रम गरेर दोस्रो चरणको कार्यक्रम शुभारम्भ गरियो । उक्त कार्यक्रममा नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति बिष्णुकुमार राई, प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, केन्द्रीय प्रतिनिधि युवा नेत्री गोमा केसी लगायत नेताको विशेष उपस्थिति थियो ।

दोस्रो चरणको कार्यक्रम खोटाङ क्षेत्र नम्बर दुईमा विशेष केन्द्रीत रहेको थियो । केन्द्रीय प्रतिनिधि केसी अस्वस्थ रहनु भएकाले दुई नम्बर क्षेत्रका निर्धारित कार्यक्रममा उपस्थिति हुन सक्नु भएन भने जिल्लाका नेताहरु एद्घाटन सत्रपछि एक नम्बर क्षेत्रका विभिन्न कार्यक्रममा सरिक हुन फर्किनु भयो ।
पार्टीको निर्देशन र जिम्मेवारी अनुसार जिल्ला समितिले तय गरेको साकेला गाउँपालिकाको मात्तिममा भदौ २७ गते, खोटेहाङको सिम्पानीमा भदौ ३० गते, खोटाङबजारमा असोज १ गते, जन्तेढुङ्गाको चिसापानीमा असोज ३ गते र बराहपोखरीको धर्तुङमा असोज ६ गते क्षेत्रीय सभापतिको हैसियतले स्तम्भकार स्वयं उपस्थित भयो । जिल्ला समितिका निर्धारित कार्यक्रमलाई लक्षित गर्दै बिचको समयमा विभिन्न वडामा समिति गठन र पुनर्गठन कार्यक्रम सम्पन्न भए । सो अवसरमा केही स्थानमा महाधिवेशन प्रतिनिधि भुपेन्द्र राई, क्षेत्रीय उपसभापति चण्डीराज राई लगायतको उपस्थिति रहेको थियो । यसै क्रममा २००७ सालको क्रान्तिका योद्धा खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका अम्बरबहादुर रायाको सम्मानमा बार्षिक पुण्य तिथि कार्यक्रम गरियो । लिच्कीराम्चेका सभापति कर्णबहादुर राउत, यजुनन्द घिमिरे, सुवाश राई, शिक्षाप्रेमी निक्सन राई लगायतको विशेष सकृयतामा कार्यक्रम सम्पन्न भएको थियो ।

पार्टी कार्यालयको परिपत्र अनुसार मुलुकका ७७ वटै जिल्ला सदरमुकाममा सरकारको दुष्चरित्रको पर्दाफास गर्दै दिक्तेलमा विरोध प्रर्दशन तथा सभा सम्पन्न भयो । सभालाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य नेता चन्द्र भण्डारी, विष्णुकुमार राई, केन्द्रीय प्रतिनिधि आङगेलु शेर्पा, मा. हिरा गुरुङ, केन्द्रीय प्रतिनिधि केसी, नेपाली कांग्रेस खोटाङका सचिवद्वय इच्छुराम राना र ज्ञानेन्द्र जोशी लगायतले सम्वोधन गर्नुभयो भने जिल्ला सभापति नरेशकुमार श्रेष्ठले सभापतित्व ग्रहण गर्नुभएको थियो ।

दोस्रो जागरण कार्यक्रमको उद्घाटन र समापन कार्यक्रमलाई छोडेर अन्य कार्यक्रमहरु अन्तरक्रियात्मक ढंगबाट गर्ने कार्यतालिका थियो । जिल्ला क्षेत्रका पार्टी कार्यकर्ता कम बोल्ने, गाउँ तहमा पार्टी नेतृत्व सम्माल्ने व्यक्तिले ज्यादा बोल्ने, पार्टीका आन्तरिक बिषयलाई सुसंगठित र गतिशील बनाउने उद्देश्य थियो । कार्यक्रममा बेतिथि, भ्रष्ट्राचार र दुराचारबाट माथि उठ्न नसकेको वर्तमान सरकारको भण्डाफोर गर्दै गाउँगाउँसम्म सांगठानिक संरचना दर्बिलो बनाउन जागरण कार्यक्रम कोसेढुङ्गा सावित भएको छ । खोटाङमा मात्रै अन्य पार्टीबाट सैकडौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा आवद्व भएका छन् ।

अन्त्यमा, अमेरिकन फौजी किरा र सुख्खा खडेरीबाट आक्रान्त, ठाउँठाउँमा चर्को घाम र अविरलको खण्ड वृष्टि, आकाशिदो महँगाई, विभिन्न खाले रोग व्याधी, डेंगु रोग जस्ता प्रकोपबाट प्रताडित जनतालाई बेवास्था गर्ने ओली सरकारका विरुद्ध जागृत गर्न यो जागरण अभियान सञ्चालित थियो । यी यावत समस्यासंग जुद्वै विभिन्न कार्यक्रमबाट यो कार्यक्रमलाई सफल पार्न उपस्थित भएर वा बाध्यता बस उपस्थित हुन नसकेपनि जागरण अभियान सफल पार्न प्रोत्साहित गर्नु हुनेप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । जागरण अभियानले जनातालाई मात्र होईन केन्द्रीय तहदेखि गाउँ तहसम्म जागरुक हुने र आफ्नो कर्तव्य बोध गर्न उत्प्रेरित गर्न यो अभियान सफल भएको छ । (लेखक ः भट्टराई नेपाली कांग्रेस खोटाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुन ।)