हङकङमाथि नेपालको जित, करण र विनोदको उत्कृष्ट प्रदर्शन
असोज १९ आइतवार, २०७६
काठमाडौं । नेपालले हङकङलाई हराउँदै पाँच देशको टी-२० श्रृंखलामा सुखद सुरुवात गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो । अन्तरगत हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभर खेल्दै६ विकेट क्षतिमा भेट्टायो ।
हङकले खडा गरेको स्कोर ठूलो नभए पनि नेपाललाई जित निकाल्न सहज भने भएन ।
ओपनरका रुपमा आएका कप्तान पारस खड्का पहिलो बलमै शून्यमा आउट भए भने पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल पनि सस्तो स्कोरमा पेभिलियन फर्किँए । पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए ।
३६ रनको स्कोरमा ४ महत्वपूर्ण विकेट गुमाइसकेको नेपाललाई विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले उद्दार गरे । उनले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई खेलमा फर्काए ।
आरिफ शेखले २४ बलमा २१ रन बनाउँदै विनोदलाई साथ दिए । आरिफ र विनोदको साझेदारीले नेपाललाई अगाडि बढायो । तर, नेपालको स्कोर ९७ हुँदा आरिफ आउट भएपछि विनोदले सोमपाल कामीको साथ पाए ।
सोमपालले १३ बलमा १३ रन बनाए । नेपाल जितनजिक पुगेका बेला सोमपाल पनि आउट भए । त्यतिबेला नेपाललाई जितका लागि १२ रनमा ११ रन आवश्यक थियो । विनोदले १८ औं ओभरको पाँचौं बलमा छक्का हान्दै आफ्नो अर्धशतक पुरा गरे भने छैटौं बलमा २ रन लिँदै नेपाललाई जिताए ।
यसअघि टस जितेर पहिले बलिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । करण केसीले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ सुरुमै दबाबमा परेको थियो ।
४१ रनमा तीन विकेट गुमाएको अवस्थाबाट किञ्चित शाह र वकास वर्कतले हङकङको इनिङ सम्हाले । अन्तिम ओभरमा पनि एक विकेटलिएर करणले आफ्नो विकेट संख्या ४ पुर्याएका छन् । टी-२० मा यो उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो ।
यस्तै अविनाश बोहराले एक विकेट लिए भने हङकङका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।(अनलाइन खबरबाट ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



