जनप्रतिनिधिको सेवा सुविधा खडेरी पीडितलाई

असोज २० सोमवार, २०७६
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिले आफ्नो १५ दिनको सेवासुविधा कटाएर खडेरी प्रभावित स्थानीयलाई खाद्यान्न खरिदमा खर्च गरेका छन् ।

नगरप्रमुख, उपप्रमुख, ११ वडाका वडाध्यक्ष र वडा सदस्य गरी ५९ जना जनप्रतिनिधिले १५/१५ दिनको सेवासुविधा कटाएर खाद्यन्न खरिदमा खर्च गरेका हुन् ।

जनप्रतिनिधिबाट संकलन भएको करिब ४ लाखको रकम खाद्यान्न खरिदमा खर्च गरिएको नगरप्रमुख इवन राईले बताए ।