ओखलढुंगामा व्याकुल माईला गोल्ड कप सुरु
असोज २७ सोमवार, २०७६
खोटाङ । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माईला गोल्ड कपको आठौं संस्करण सुरु भएको छ । कोजाग्रत पूर्णीमाको अवशरमा व्याकुल माईलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दुधकोसी किनारमा व्याकुल माईला गोल्डकप सुरु भएको हो ।
गोल्डकप आईतबार मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले उद्घाटन गरेका हुन् । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ आगामी कात्तिक ४ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको पुरुषतर्फ ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, सुनसरी, काठ्माण्डौं र ललितपुरका आएका २६ टिम र महिलातर्फ ८ टिमको सहभागीता रहेको गोल्डकप आयोजक समितिका कोषाध्यक्ष नविनकुमार राईले बताए ।
व्याकुल माईला जन्मिएको ठाउँलाई चिनाउँदै बिकास गर्नका लागि गोल्डकप मूल समारोह समितिले नयाँ नेपाल सरोकार समाज हिलेपानी र हिलेपानी फुटबलव क्लवसँगको सहकार्यमा प्रतियोगीता आयोजना गरेको हो । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा उनकै जन्मथलोमा २०६८ सालदेखि हरेक वर्ष व्याकुल माईला गोल्ड कप सञ्चालन हुँदै आएको छ ।
गोल्डकप अन्तरगत सोमबार भएको महिलातर्फको उद्घाटन खेलमा मानेभञ्ज्याङ युवा समुहलाई शुन्यका विरुद्धका १ गोल गर्दै सुनकोसी युवा समुह विजयी भएको छ । यस्तै, पुरुषतर्फ माथिल्लो जयराम युवा क्लवलाई हिलेपानी फुटबल क्लवले शुन्यका विरुद्ध २ गोल गर्दै हराएको छ । खोटाङको दुर्छिमस्थित महाबीर युवा क्लवले शुन्यका बिरुद्ध १ गोल गर्दै दुधकोसी आधारभुत विद्यालयलाई पछि पारेको छ । अहिले सुनकोसी युवा समुह र पुःर्नजागरण युवा क्लवबीच खेल चलिरहेको कोषाध्यक्ष राईले बताए । आजै सिस्नेरी फुटबल क्लव र फुलबारी युवा क्लवबीच खेल हुने आयोजकले जनाएको छ ।
ओखलढुंगाको प्रतिष्ठित र सर्वाधिक राशीको फुटबल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५० हजार, दोश्रो हुने टिमले ८० हजार र सेमीफाइनलिष्ट टिमले नगद १५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै, अनुशासित टिम, बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट किपरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



