घाँटीका क्यान्सर पीडित राईलाई आर्थिक सहयोग
कार्तिक ३ आइतवार, २०७६
खोटाङ । किरात राई यायोक्खा शाखा दोहा कतारले घाँटीका क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । यायोक्खाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षीय क्यान्सर पीडित वीरवहादुर राईलाई राईलाई ४६ हजार ५ सय ५० रुपैयाँ सहयोग आर्थिक सहयोग गरेको हो ।
किरात राई यायोक्खा शाखा दोहाका पूर्व अध्यक्ष अमृतकुमार राईको विशेष पहलमा संकलन भएको रकम शनिबार उनकै घरमा पुगेर किरात राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य प्रश्नराज राई, किरात राई यायोक्खाका खोटाङका कोषाध्यक्ष खड्गवहादुर राई, सदस्य किसनकुमार राई, जनप्रतिनिधि अनुप राई लगायतले एकमुष्ट रुपमा रकम हस्तान्तरण गरेका हुन् ।
विगत सात महिना यता घाँटीमा भएको क्यान्सरबाट पीडित राईको दुई महिना अघि पाटन अस्पतालमा पुगेर उपचार भएपनि थप उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग जुटाइएको यायोक्खा खोटाङका कोषाध्यक्ष खड्गवहादुर राईले बताए । उपचार पश्चात उनको स्वास्थ्य अवस्थामा सुधार हुंदै आएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



