तरुण दलको आयोजनामा लिकुवापोखरीमा भलिवल प्रतियोगिता

कार्तिक ५ मंगलवार, २०७६
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा खुला भलिवल प्रतियोगिता सुरु भएको छ । नेपाल तरुण दल क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर–२ खोटाङको आयोजनामा मंगलवारबाट भलिवल प्रतियोगिता सुरु भएको हो ।

पूर्व सभाषद तथा नेपाली कांग्रेस महासमिति सदस्य सरस्वती बजिमयले भलिवल प्रतियोगिताको उद्धघाटन गरेकी हुन् । तीन दिन सम्म संचालनमा हुने प्रतियोगितामा २५ टीमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

नजिकिदै गरेको तिहारको अवशरमा आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार राशिको पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

नेपाल तरुण दल क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति सुरेश राईको सभापतित्वमा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसमा महाधिवेशन प्रतिनिधि तथा यूवा नेता भूपेन्द्र राईलगायतका नेताहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।