खोटेहाङ गाउँपालिका (बी) लाई उपाधि
कार्तिक ६ बुधवार, २०७६
खोटाङ । खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको मपारुङ अन्तरपालिका फुटबल प्रतियोगीताको उपाधि खोटेहाङ गाउँपालिका (बी) ले चुमेको छ । साकेला गाउँपालिका–२ रतन्छास्थित दारुलाटार खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगीतामा साकेला गाउँपालिका (बी) लाई ० का विरुद्ध २ गोल गर्दै खोटेहाङ गाउँपालिका (बी) ले उपाधि चुमेको हो ।
प्रतियोगीतामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेश्रो स्थान प्राप्त गरेको छ । तेश्रो स्थानका प्रतिष्पर्धी खोटेहाङ गाउँपालिका (ए) ले वाकओभर दिएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तेश्रो स्थान सहज रुपमा सुरक्षित भएको हो ।
सर्वाधिक राशीको फुटबल प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने समुहले क्रमशः १ लाख, ६० हजार र ३५ हजारका साथमा कप प्राप्त गरेका छन् । यस्तै, प्रतियोगीताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट मार्चपास र अनुशासित टिमलाई पनि पुरस्कार र ट्रफी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
विजेता टिमलाई प्रदेशसभा सांसद रामकुमार राई र गाउँपालिका अध्यक्ष अर्जुन खड्काले पुरस्कार प्रदान गरेका छन् । दशैं र तिहारको अवशरमा आयोजित फुटबल प्रतियोगीतामा खोटाङ र भोजपुरका १० स्थानीय तहको सहभागीता रहेको थियो । प्रतियोगीता गत शुक्रबारदेखि सुरु गरिएको थियो ।
यस्तै, केपीलासगढी गाउँपालिकामा आयोजित वडास्तरिय पुरुष भलिबल प्रतियोगीतामा केपीलासगढी गाउँपालिका–१ फेदीले प्रथम उपाधि उचालेको छ । आईतबारदेखि मंगलबारसम्म सञ्चालित प्रतियोगीतामा केपीलासगढी गाउँपालिका–६ दिप्सुङ दोश्रो र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा तेश्रो भएका छन् । केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको आयोजनामा भएको प्रतियोगीताका बिजेताले क्रमशः ४० हजार, ३० हजार र २० हजार प्राप्त गरेका छन् । विजेतालाई गाउँपालिका अध्यक्ष कृष्ण राईले पुरस्कार प्रदान गरेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



