होलेसुङ–जनकराज मार्ग गोल्डकप : चार टिम सेमीफाईनल प्रवेश
कार्तिक ६ बुधवार, २०७६
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा जारी होलेसुङ–जनकराज राई मार्ग गोल्ड कपमा चार टिम सेमीफाईनल प्रवेश गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित बोहेम्मास्थित कृष्णराम–मोतिप्रसाद राई खेलमैदानमा जारी प्रतियोगीतामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, खारम्बु स्पोर्टस् क्लव खार्मी, ओम शिवशक्ति समुह महादेवस्थान र खामाखा खार्चुम समाज दुर्छिम सेमीफाईनल प्रवेश गरेका हुन् ।
बुधबार भएको खेलमा आयोजक साकेला सिली फुटबल क्लव दुर्छिमलाई ० का विरुद्ध ७ गोल गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले सेमीफाईनलको यात्रा तय गरेको हो ।
यस्तै, स्वर्गीक मार्ग बाहुनीडाँडालाई १ का विरुद्ध ३ गोल गर्दै खारम्बु स्पोर्टस् क्लव, बुईपा इलाभेन स्पोर्टस् क्लब बुईपालाई ३ का विरुद्ध ५ गोल गर्दै ओम शिवशक्ति र चुमाखु स्टार फुटबल क्लवलाई ० का विरुद्ध ४ गोल गर्दै खामाखा खार्चुम समाज सेमीफाईनल पुगेको आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष कमल राईले बताए । निर्धारित समय गोलरहित सकिएपछि गरिएको पेनाल्टी सुटआउटमा बुईपा इलाभेन स्पोर्टस् क्लबलाई ओम शिवशक्तिले पछि पारेको हो ।
दुर्छिमका स्थानीयबासीको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्गको नाममा २०७३ सालदेखि सुरु गरिएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करण प्रदेशसभा सांसद उषाकला राईले गत आईतबार उद्घाटन गरेकी हुन् । प्रतियोगीतामा प्रथम हुने टिमले नगद १ लाख र रनिङ कप तथा दोश्रो हुने टिमले ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष राईले बताए । प्रतियोगीताका सेमीफाइनलिष्ट टिमले नगद २०/२० हजार प्राप्त गर्ने छन् ।
यस्तै, प्रतियोगीताका उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई ५/५ हजार राशीको ‘अमृता–अदिलसेर राई मुइमालाम बेस्ट अवार्ड’का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए । प्रतियोगीताका अनुशासित टिमलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
हलेसी तुवाचुङ फुटबल क्लव र सिर्जनात्मक एकता युवा सेवा समाजसँगको सहकार्यमा साकेला सिली फुटबल क्लवले आयोजना गरेको प्रतियोगीतामा विभिन्न जिल्लाका २२ टिमको सहभागीता रहेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



