किसानलाई किवी खेती सम्वन्धी तालिम
कार्तिक ७ बिहिवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किसानलाई किवीको व्यवसायीक खेती सम्वन्धी तालिम दिइएको छ । पछिल्लो समय किवी खेतीको बढ्दो आकर्षणलाई ध्यानमा राखेर स्थानीय लेकाली कृषि फर्मको आयोजनामा किसानलाई किवी खेती सम्वन्धी दुई दिने तालिम सञ्चालन गरेको हो ।
नगरपालिकाको प्रायोजन र शुभ कृषि फर्मको सह–प्रायोजनमा मंगलबार र बुधबार सञ्चालन गरिएको तालिममा वडाका ७१ किसानको सहभागीता रहेको लेकाली कृषि फर्मका सचिव एलबी मगरले बताए । तालिममा सहभागी किसानलाई किवीको व्यवसायीक खेती गर्ने सीपका विषयमा सैद्धान्तिक र व्यवहारिक जानकारी दिइएको छ ।
तालिमका सहभागी किसानलाई शुभ कृषि फर्मका सञ्चालक शुभचन्द्र राई र जेटिएका ओजेटि गरिरहेका विद्यार्थीले किवी खेती सम्वन्धी प्रशिक्षण दिएका छन् । तालिम लेकाली कृषि फर्मका अध्यक्ष सुरेश मगरको सभापतित्व, वडाध्यक्ष रामचन्द्र राईको प्रमुख आतिथ्यता एबं टिटिएस पाथेका–खार्मीका प्रमुख श्यामकुमार राईको विशेष आतिथ्यतामा समापन गरिएको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



