खारम्बु र खामाखा खार्चुम फाईनलमा
कार्तिक ७ बिहिवार, २०७६
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा जारी होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा खारम्बु स्पोर्टस् क्लव खार्मी र खामाखा खार्चुम समाज दुर्छिम फाईनलमा पुगेका छन् ।
बिहिबार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित बोहेम्मास्थित कृष्णराम–मोतिप्रसाद राई खेलमैदानमा भएको खेलमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानलाई पेनाल्टी सुटआउटमा ७ का विरुद्ध ८ गोल गर्दै खारम्बु स्पोर्टस् क्लवले फाईनलको यात्रा तय गरेको हो । पहिलो समय गोल रहित सकिएपछि उनीहरुको खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
यस्तै, करिब २ मिनेट समय बाँकी रहँदा विवाद भएपछि ओम शिवशक्ति समुहले खेल बहिस्कार गर्दै मैदान छाडेपछि निर्णायकले खामाखा खार्चुम समाजलाई स्वतः विजेता घोषणा गरेको थियो । सो खेलमा ओम शिव शक्ति र खामाखा खार्चुम समाजको २÷२ गोल भएको आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष कमल राईले बताए ।
खेलको नतिजा अनुशार हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान मात्र सेमीफाइनलिष्ट बनेको छ । खामाखा खार्चुम समाज र ओम शिवशक्तिमध्ये एक टिम सेमीफाइनलिष्ट बन्नुपर्ने भए पनि ओम शिव शक्तीले बहिस्कार गरेपछि एक मात्र टिम सेमीफाइनलिष्ट बनेको हो । होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको उपाधिका लागि शुक्रबार दिउँसो १ बजे खारम्बु स्पोर्टस् क्लव खार्मी र खामाखा खार्चुम समाजबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
दुर्छिमका स्थानीयबासीको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’को नाममा २०७३ सालदेखि सुरु गरिएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करण प्रदेशसभा सांसद उषाकला राईले गत आईतबार उद्घाटन गरेकी हुन् । प्रतियोगीतामा प्रथम हुने टिमले नगद १ लाख र रनिङ कप तथा दोश्रो हुने टिमले ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष राईले बताए ।
प्रतियोगीताका सेमीफाइनलिष्ट टिमले नगद २०/२० हजार प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगीताका उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई ५/५ हजार राशीको ‘अमृता–अदिलसेर राई मुइमालाम बेस्ट अवार्ड’का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए । प्रतियोगीताका अनुशासित टिमलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
हलेसी तुवाचुङ फुटबल क्लव र सिर्जनात्मक एकता युवा सेवा समाजसँगको सहकार्यमा साकेला सिली फुटबल क्लवले आयोजना गरेको प्रतियोगीतामा विभिन्न जिल्लाका २२ टिमको सहभागीता रहेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



