दिक्तेलमै साईनो डान्स सेन्टर स्थापना
कार्तिक ७ बिहिवार, २०७६
खोटाङ । साईनो कला केन्द्र खोटाङले डान्स सेन्टर स्थापना गरेको छ । गीत संगीतको प्रवद्र्धन एबं व्यवसायीक विकासका लागि गायन तथा वाद्यवादनको कक्षा सञ्चालन गर्दै आएको कला केन्द्रले स्थापनाको केही वर्षमै साईनो डान्स सेन्टर स्थापना गरेको हो । दिक्तेलको भवनगैरामा स्थापना गरिएको डान्स सेन्टर बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका हुन् ।
२०७४ साल फागुन १ गते स्थापना गरिएको कला केन्द्रले गत वर्षको तिहारको अवशरमा दिक्तेलबजारमा खेलेको देउसीभैलीबाट संकलन भएको २ लाख ३१ हजार रकमबाट भवन निर्माण गरेर नृत्य कक्षा सञ्चालन सुरु गरेको हो । जिल्लामा नृत्य विद्याको सम्भावना र मागलाई मध्यनजर गर्दै डान्स सेन्टर स्थापना गरिएको साईनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।
डान्स सेन्टरमा जिल्लाकै सञ्जिव राईले स्थायी प्रशिक्षकको भूमीका निर्वाह गर्ने छन् भने बेला–बेलामा स्पेशल कोर्सका लागि डान्सका प्रशिक्षकलाई ल्याएर प्रशिक्षणको व्यवस्था मिलाइने साईनो कला केन्द्रले जनाएको छ । डान्स सेन्टर उद्घाटनकाक्रममा साईनो कला केन्द्रका विद्यार्थीले तिहार विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । डान्स सेन्टर स्थापनासँगै नृत्यका विद्यार्थी भर्ना सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
गीत संगीत सिक्नका लागि जिल्ला छाड्नुपर्ने वाध्यता अन्त्यका लागि स्थापित कला केन्द्रले आर्थिक अवस्था कमजोर भएका १० जना सहित हाल ७० जनालाई गिटार, हार्मोनियम, तबला, मादल, बाँसुरी, ड्रमसेट, किबोर्ड लगायतका बाद्यबादन बजाउन र गायन सम्बन्धी प्रशिक्षण दिँदै आएको छ । छोटो समयमै केन्द्रले खोटाङ आईडल तेजकुमार राई, भिजन आईडल (ओखलढुंगा) की फस्ट रनरअप प्रवृत्ति राई, जिल्लाव्यापी खुला लोकगीत प्रतियोगिताका प्रथम पर्शु गजमेर, वेदना राई र युवराज राई लगायतका प्रतिभा जन्माइसकेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



