खेलमैदानका लागि जग्गा उपलव्ध गराउने जग्गादाता सम्मानित
कार्तिक ७ बिहिवार, २०७६
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार देविस्थानमा खेलमैदान निर्माणका लागि जग्गा उपलव्ध गराउने चार स्थानीयलाई सम्मान गरिएको छ । फुटबल ग्राउण्ड निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले ३३ लाख बजेट उपलव्ध गराएपछि निशुल्क जग्गा प्रदान गरेका चिजबहादुर राई, धनकाजी राई, शेरबहादुर राई र मेगेन्द्र राईलाई सम्मान गरिएको हो ।
होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करण उद्घाटनकाक्रममा प्रदेशसभा सांसद उषाकला राई, जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ लागायतले जग्गादातालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् । जग्गादाता चिजबहादुरले ६ रोपनी, धनकाजीले १ रोपनी १५ आना, मेगेन्द्रले १५ आना जग्गा उपलव्ध गराएपछि १०५ मिटर लम्बाई र ४० मिटर चौंडाई भएको खेलमैदान निर्माण गरिएको हो । २५ लाखमा मैदान र ८ लाखमा स्टेज निर्माण गरिएको वडाध्यक्ष भलाराज राईले बताए ।
मेगेन्द्र राई अध्यक्ष रहेको निर्माण उपभोक्ता समितिले खेलमैदान र दिपेश राई अध्यक्ष रहेको निर्माण उपभोक्ता समितिले स्टेज निर्माण गरेका हुन् । आर्थिक वर्ष २०७४/०७५ मा वडाको २ लाख बजेटबाट निर्माण सुरु गरिएको खेलमैदानलाई प्रदेश सरकारको सहयोगमा पूर्णता दिइएको हो ।
स्थानीय कांग्रेस कार्याकर्ताले भने खेलमैदान निर्माणको काम पारदर्शी नभएको आरोप लगाउँदै आएको छ । उता, विपक्षीले सञ्चालन गरेको योजनामा मात्र कांग्रेस कार्यकर्ताले पारदर्शीताको प्रश्न उठाइरहेको नेकपाको प्रतिक्रिया छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



