होलेसुङ–जनकराज मार्ग गोल्ड कपमा खामाखाको दोश्रो जीत
कार्तिक १० आइतवार, २०७६
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करणको उपाधि खामाखा खार्चुङ समाज दुर्छिमले जितेको छ । शुक्रबार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बोहेम्मास्थित कृष्णराम–मोतिप्रसाद राई खेलमैदानमा भएको फाईनल खेलमा खारम्बु स्पोर्टस् क्लव खार्मीलाई पछि पार्दै खामाखा खार्चुङ समाजले पहिलो उपाधि हात पारेको हो । प्रतियोगीतामा खामाखा खार्चुङ समाजले जीतका लागि २ गोल गर्दा खारम्बु स्पोर्टस् क्लवले १ गोल गरेको साकेला सिली फुटबल क्लबका अध्यक्ष कमल राईले बताए ।
केही मिनेट समय बाँकी रहँदा भएको विवादकाक्रममा खारम्बुले खेल बहिस्कार गर्दै मैदान छाडेपछि निर्णायकले खामाखा खार्चुङ समाजलाई विजेता घोषणा गरेको थियो । खामाखा खार्चुङ समाजले लगातार दोश्रो वर्ष होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको उपाधि चुमेको हो । खेल बहिस्कार गरेका कारण खारम्बु स्पोर्टस् क्लव उपविजेताको पुरस्कारबाट समेत बञ्चित भएको छ । प्रतियोगीतामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान मात्र सेमीफाइनलिष्ट बनेको छ । खामाखा खार्चुङसँगको सेमीफाईनल खेलमा विवाद भएपछि सेमीफाइनलिष्टका अर्का प्रतियोगी ओम शिव शक्तीले पनि खेल बहिस्कार गरेपछि एक मात्र टिम सेमीफाइनलिष्ट बनेको अध्यक्ष राईले बताए ।
प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद १ लाख र रनिङ कप तथा दोश्रो हुने टिमलाई ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगीताका सेमीफाइनलिष्ट टिमले नगद २०/२० हजार प्राप्त गरेका छन् । यस्तै, प्रतियोगीताका उत्कृष्ट किपर खामाखा खार्चुङ समाजका विष्णु केसी, उत्कृष्ट डिफेन्डर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अनिल तामाङ, उत्कृष्ट मिडफिल्डर महादेवस्थानकै गणेश बुढाथोकी र सर्वाधिक गोलकर्ता महादेवस्थानकै कर्फु रसार्ईलीलाई जनही ५/५ हजार राशीको ‘अमृता–अदिलसेर राई मुइमालाम बेस्ट अवार्ड’का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष राईले बताए । १० हजार राशीको अनुशासित पुरस्कार पनि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले हात पारेको छ । विजेतालाई प्रतिनिधिसभा सांसद बिशाल भट्टराईले पुरस्कार प्रदान गरेका छन् ।
दुर्छिमका स्थानीयबासीको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’को नाममा २०७३ सालदेखि सुरु गरिएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकप हरेक वर्ष सञ्चालन हुँदैआएको छ । प्रतियोगीता प्रदेशसभा सांसद उषाकला राईले गत आईतबार च्यास्मीटार खेलमैदानमा उद्घाटन गरेकी हुन्् । हलेसी तुवाचुङ फुटबल क्लव र सिर्जनात्मक एकता युवा सेवा समाजसँगको सहकार्यमा साकेला सिली फुटबल क्लवले आयोजना गरेको प्रतियोगीतामा विभिन्न जिल्लाका २२ टिमको सहभागीता रहेको थियो ।
दुई टिमलाई एक वर्ष प्रतिबन्ध
विवादकाबीचमा खेल बहिस्कार गरेका कारण आयोजकले होलेसुङ–जनकराज राई मार्ग गोल्डकप दुई टिमलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । खेलमा भएको विवादकाक्रममा बहिस्कार गरेका कारण खारम्बु स्पोर्टस् क्लव खार्मी र ओम शिव शक्ती समुह महादेवस्थानलाई होलेसुङ–जनकराज राई मार्ग गोल्ड कपमा एक वर्षका लागि प्रतिवन्ध लगाइएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



