बाक्सिलाको छाप्रे बजार, ट्रसमा स्तरोन्नती
कार्तिक २२ शुक्रवार, २०७६
खोटाङ । खोटाङको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको बाक्सिला बजार स्तरोन्नती गरिएको छ । १ नम्बर प्रदेश सरकारको एक करोडको खर्चमा केपीलासगढी गाउँपालिका–४ बाक्सिलास्थित बुद्ध बजार स्तरोन्नती गरेर आकर्षक बनाइएको हो ।
२०३२ सालदेखि हालसम्म बाँसको छाप्रोको टहरामा सञ्चालन भइरहेको पुरानो बुद्ध बजारलाई ट्रसमा रुपान्तरण गरिएको छ । सञ्चालनमा रहेका करिब १३६ वटा छाप्राको सट्टा १७ वटा फलामे ट्रस निर्माण गरिएको बजार शुक्रबार प्रदेशसभा सदस्य राजन राई र गाउँपालिका अध्यक्ष कृष्ण राईले उद्घाटन गरेका हुन् ।
प्राप्त एक करोडमध्ये ८६ लाख ९ हजार २६६ रुपैयाँमा ट्रस राख्ने काम सम्पन्न भएको हो । अन्य रकम डिपिआर लगायतका काममा खर्च भएको निर्माण समितिले जनाएको छ । पशु वधशालाका लागि समेत एउटा ट्रस राखिएको छ । करिब ४४ वर्षदेखि निरन्तर बुधबारे हाट लाग्दै आएको बाक्सिला बजारको बाँसको चित्राले छाइएका टहरालाई विस्थापित गर्दै फलामे ट्रस राखिएको बजार ट्रस निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवकुमार राईले बताए ।
बाँसको छाप्रै–छाप्रा भएको बजारमा निलो जस्ता भएको ट्रस बनेपछि बाक्सिला बजारको मुहार फेरिएको छ । बाँसका भाटा, चित्रा तथा काठले बनेका छाप्रा हटाइएपछि आगलागीको उच्च जोखिम समेत टरेको छ । छाप्रो हटाएर ट्रस राखिएपछि व्यापार व्यवसाय सञ्चालन थप सहज भएको बजार ट्रस निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताए । ट्रस बनेपछि बाक्सिला बजारमा व्यापार व्यवसाय गर्ने व्यवसायीको संख्या थप बढ्दो रहेको जनाइएको छ ।
बजारका छाना ट्रसको हालिएपनि जमिनमा ढलान गर्न भने बाँकी छ । जमिन ढलानको काम भने क्रमशः गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले बताए । पहिलो निर्माण समितिले काम नगरेपछि बनेको दोश्रो समितिले चैतदेखि बजार स्तरोन्नतीको काम थालेको थियो । केपीलासगढी गाउँपालिका–६ दिप्सुङका वडाध्यक्ष अशोक राईले भने सार्वजनिक सुनुवाई नगरी बजार ट्रस उद्घाटन गरिएको बताए ।
सुरुमा वडा कार्यालय बाक्सिला रहेको ठाउँमा लाग्ने गरेको हटियालाई बिक्रम संबत २०३२ सालतिर हालको स्थानमा सारिएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



