‘‘राष्ट्रियता हराएको राष्ट्र”
मानबहादुर खत्री
कार्तिक २६ मंगलवार, २०७६
खोटाङ । आत्मिक शान्तिको लागि तपोभूमि, शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको देश, विश्वको अग्लो शिखर सगरमाथा भएको देश, भौगोलिक विविधतायुक्त देश, वहुधार्मिक, वहुसाँस्कृतिक, वहुजातिय, वहुभाषिक र वहुविविधतायुक्त प्राकृतिक सौन्दय छटाले सुसज्जित अनि प्राकृतिक भण्डार भएको देश, वीर गोर्खालीले विश्वमा चिनाएको अनि मन्दिरहरुको देश, चार कोशे झाडीले सुन्दरता थपेको साथै जल सम्पदाले शितलता प्रदान गरेको देश यी तमाम उपमाहरु नेपाल राष्ट्रको राष्ट्रियता जनाउन र राष्ट्रको शीर उचो राख्न काफी छन् । संस्कार, संस्कृति, भेषभूषा, भाषा, धर्म, आहारविहार नै वास्तवमा राष्ट्रलाई चिनाउने राष्ट्रियता र राष्ट्रका अनमोल विपुल हुन् ।
प्राकृतिक रुपमा नेपालमा के छैन, गर्दा के हुदैन ? कृषिप्रधान देश यस्ता उपमा सम्झिदा गर्वले छाती चौडा हुन्छ, शीर सगरमाथा हुन्छ, नेपाली भएकोमा अनि तत्कालै मन मरियाना ट्रेन्चमा भासिन्छ, वर्तमान संस्कार र कु चेष्टा र नियत हेर्दा । चीनमा साम्यवादी शासन प्रणाली छ विकासले ठूलो फड्को मारेको छ । अमेरिकामा पूँजीवादी शासन प्रणाली छ यथापि विकासले शिखर चुमेको छ । भारतमा लोकतान्त्रिक शासन प्रणाली छ राम्रो विकास प्रगति छ । अरवमा राजतन्त्रात्मक शासन प्रणाली भएतापनि विकास निर्माणले अग्रगामी छलाङ् मारेको छ । विकास र प्रगतिको लागि राजनैतिक प्रणाली र शासन तगारो बन्दैन । दृढ ईच्छा शक्ति, अनुशासन, सकारात्मक सोँच र कर्तव्यनिष्ठताले देशलाई विकासको गतिमा अवश्य लम्काउँछ ।
दोस्रो जनआन्दोलनको उपलव्धि लोकतन्त्र र लोकतन्त्रको उपलव्धि अराजक र छाडातन्त्र अनि यसको परिणाम राष्ट्रियता, पहिचान र अखण्डताको अन्त्य । आज राष्ट्रियता खोज्न दिउसै वत्ती बाल्नुपर्ने अवस्था आईसक्यो, भोली राष्ट्र खोज्न गुगल सर्च गनुपर्ने तितो वास्तविकता आउदैन भन्न सकिन्न । अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, लोकतन्त्रको हैकमवाद, आफन्तवाद र फरियाँवाद यसका पूर्व सूचक वन्न सक्छन् । धार्मिक उपनिवेश, भार्षिक उपनिवेश, साँस्कृतिक उपनिवेश र प्राविधिक उपनिवेश खै सच्चा नेपालीपन ? जङ्गे पिल्लर सारिए, सीमाना मिचिदैछन्, नदीनाला र हिमाल बेचिदैछन् भावना, संस्कार, भेषभुषा, रीतिरिवाज बेचियो खै के नै पो रहयो नेपालीपन ? कृषि उर्वर भूमि बाँझियो, सुन्दर पहाडी इलाका नांगिए, सुन्दर बस्तीहरु उगालीदैछन, खोरियाहरु खनी खोस्री गरेर स्वावलम्वी वन्ने महान पौरखीहातहरु कुम्लो कुटुरो बोकेर मुग्लान भासिदैछन् ।
प्रतिभाहरु पलायन हुदैछन, क्षमतावानहरु तथाकथित आक्षरण रुपी कोलमा पिल्सिएर निराश छन् । सर्जक, आविस्कारक र समाज सुधारकहरु जेलमा या हिरासतमा बासी भई सकेका छन् । प्रविधि र संस्कार सिकोले भाषा खाइदिदैछ । पश्चिमा नाङ्गो संस्कारको अन्धभक्तले भाषा, भेषभुषा, गायव बनाइदियो । मकै, भटमास, गुन्द्रुक, रोटी, चिचि, वुवु, माम र जामाहरु पिज्जा, वर्गर, हटडग अनि मिनिस्कट, अन्नारकली र लेहेङ्गासँगै सत्ती गैसके । डिस्कोडान्स, डिस्कोथेकले संगिनी, वालन, सिलोक, धान नाच, मारुनी, रोदीघर, हुर्रे, चण्डी जस्ता मौलिक सम्पदाहरु विलिन हुन थाले ।
दशै तिहार, संक्रान्ति एकादशी, पर्व मेला, उत्सव, व्रतवन्ध, न्वारन जस्ता मौलिक चाड र संस्कारहरु भ्यालेन्टाइन डे, क्रिस्मस डे र अप्रिल फूल जस्ता आयतित डे हरुले ओझेल पारिसके । गितार र ड्रमले नौमती पञ्चेवाजाहरुलाई डुवाईसके । अव त खोज्न गोतारखोर उतैबाट हायर गर्नुपर्ला । ह्वीस्की र व्राण्डी तथा स्याम्पेइनहरुले स्थानीय पहिचानयूक्त उत्पादनलाई नष्ट वनाइदिई सके । मन्दिरका ब्रम्ह, विष्णु, महेश्वर तथा अन्य देवदेवीका मूर्तिहरु चोरिए, फुटाइए अनि अल्लाह क्राइस्टहरुका पोस्टर पम्प्लेटहरुले भित्ता रंगाइएका छन् । पटुकी, कन्धानी, जनाइहरु, वेल्ट, सिक्री र नेक्लेस वनी सके । सेवा ढोग, नमस्कार, टाँसीडेले, फ्याफुल्ला, झोर्ले, स्यामुना, सेवारो, जोजोलोप्पा, तारेमामहरु आज सलामवलेकुम, हाई, हेल्लो, निहाओ, आन्याङहासेथो, ओहाइयोको जाइमा, स्वादिखमा, रुपान्तरण बनीसके । लाउने, खाने, बोल्ने, हास्ने, नाच्ने, हिड्ने सबैखाले क्रियाकलाप आयातीत र नखरा पार्न वाह्य हुनुपर्ने परिस्थिति आईसक्यो । अब कहाँ रह्योे राष्ट्रियता ? खै नेपालीपन ? चुनावमा एउटाले जित्छ, प्रधानमन्त्री बन्छ, दर्शन, ढोग र भेटी चठाउन उत्तर दक्षिण तिरै जान्छ, के नेपालमा लुम्बिनी, पशुपति, हलेसी दर्शन गर्न नहुने भैसके ? विदेशी संस्कारले यति गाज्यो अव त देश शासक यताको, रिमोट उत्ताको । सुगां संस्कारले बृद्धि नष्ट वनायो, अल्छे, दुष्ट, स्वार्थी र मतिभ्रष्ट निकम्मा वनायो ।
सामाजिकीकरण र आत्मियता खहरेले पखालपुखुल बनायो । पेट चिरेर सन्तान जन्माउने बोतलको दुध पिलाउने, हास्पिटलमा जन्माउने विवाह कार्जे, भोजभतेर, समारोह पार्टी प्यालेसमा हुने, वृद्धआश्रम र अनाथालयमा बसाई अनि हस्पिटलमा मराह, खै सामाजिक रीतिरिवाज संस्कार अनि सँस्कृति ? साना कोमल दिमाग भएका वालवालिकाले के संस्कार र राष्ट्रियता सिक्ने, कस्तो शिक्षा दिने । वालकले पत्रपत्रिका हेर्छ, टेलिभिजन हेर्छ, समाचार सुन्छ, लुटपाट, हत्या, हिंसा, वलात्कार, अपहरण, वन्द, हड्ताल, चक्काजाम, भ्रष्टाचार, कालोवजारी, तस्करी खै सभ्य इमान्दार र प्रेरक समाचार शिर्षक ? फेसबुक चलाईरहेकी श्रीमतीले फेसबुक चलाउँदै छोरा बोकीरहेको श्रीमानलाई छोराको दुध पिलाउँदा श्रीमानको मुखमा दुधदानी कोचीदिन्छे कस्तो व्यग्रता र मदहोस । डण्डी वियो, कपर्दी र लुकामारीमा रम्ने अवस्थामा पपजी र पोकेमनमा व्यस्त र एडिक भई सुस्त मनास्थिति र अल्जाइमर तथा डिप्रेशनले आक्रन्त युवा जमात, बृद्धाश्रममा दिक्क आमावुवा अनि अनाथालयमा अन्कनाई रहेका कर्णधार वालकहरु कस्तो अनर्थ ।
पश्चिमा मंहगो तड्क भडक र उत्ताउलो सँस्कृति सिकियो, खेप्न टार्न सकिएन, आर्थिक संकटले धरासायी बनायो, प्रविधिको दुरुपयोग भयो, ईच्छा आकांक्षा र चाहना वढे, देश, समाज र व्यक्तिले आर्थिक आपूर्ति सहज रुपमा गर्न सकेनन् । वेरोजगारी समस्या उब्ज्यो । भ्रष्टाचार, लुटपाट, चोरी डकैतीले प्रश्रय पायो । मिहिनेत, स्वावलम्बन, परिश्रम, ईमान्दारिता हराए, जिउने वहानामा सजिलो र छोटो चोर बाटो छान्दै, इमान्दार, लामो र सहि वाटो बिराइयो । अनि राष्ट्रियता वसाई स¥यौ, अराजकता, अन्तराष्ट्रियता फस्टायो के यहि थियो लोकतन्त्रको कल्याणकारी सुरक्षित अवतरण ? दुधको स्रोत डेरी, चिनीको स्रोत जेरीको संस्कार वालवालिकाहरु सिक्दैछन, देउसीभैलो जस्ता कार्यक्रम सहयोगले आर्थिक संकलन गरी समाज विकासको कार्य छाडेर सिधै डोनेसन र धम्कीको संस्कारले गाजिसकेको छ ।
आफू मरेर अरुलाई वचाउने खालको शिक्षा दिने इतिहास र सामाजिक कर्तव्य कुनातिर फ्याकेर आफू बाँचेर अरुलाई संहार गर्ने विकृति फस्टाउदै गरेको देशमा के बाँकी रहला र राष्ट्रियता ? (लेखक खत्री : सरस्वती मावि मात्तिम साकेला गाउँपालिका–५ खोटाङका शिक्षक हुन ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



