चिया खेती विस्तारका लागि नर्सरी उत्पादन सुरु
कार्तिक २६ मंगलवार, २०७६
खोटाङ । खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा चिया खेती विस्तारका लागि बेर्ना उत्पादन सुरु गरिएको छ । कृषि पर्यटनको विकास गर्ने नीति तथा कार्यक्रम कार्यन्वयनमा लागेको गाउँपालिकाले लेकाली क्षेत्रका खाली र नाङ्गो डाँडामा व्यवसायिक रुपमा चियाखेती विस्तार गर्नका लागि नर्सरी उत्पादन सुरु गरेको हो ।
गाउँपालिकाको २ लाख र थामडाँडा–टेम्के–सिलिचुङ (टिटिएस) कृषि सहकारी संस्था भोजपुरको ३ लाख ४५ हजार सहयोगमा स्थानीय काल्छिङ खोला चिया उत्पादक कृषि समुहले ३० प्रतिशत श्रमदानमा बेर्ना उत्पादन सुरु गरेको हो । पहिलो चरणमा कृषि समुहले गत भदौमा १ लाख ५ हजार बोट बेर्ना हालेको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताए । हाल कृषि समुहले नै चियाको बेर्ना हेरचाहको काम गरिरहेको छ ।
गाउँपालिकाको टेम्केडाँडा, तावाभञ्ज्याङ, डम्बरेटार, भुस्याहाडाँडा, सेल्मे लगायतका सम्भावित खाली जग्गामा चिया खेतीको राम्रो सम्भावना देखिएकाले चिया खेती विस्तारको काम थालिएको हो । काल्छिङ खोला चिया उत्पादक कृषि समुहले चियाको बेर्ना उत्पादनका लागि ५० वर्षका लागि ५० रोपनी जग्गा भाडामा लिएको छ ।
कृषि समुहले क्रमशः क्रमागत रुपमा चियाको नर्सरी उत्पादनको मात्रा पनि बृद्धि गर्दै जाने जनाएको छ । हाल लगाइएको बेर्ना वर्ष दिनदेखि १८ महिनासम्ममा रोप्नका लागि योग्य हुने र तोकिएको क्षेत्रमा लगेर रोप्न थालिने गाउँपालिकाले जनाएको छ । चियाको बेर्ना परिपक्व भएपछि कृषि समुहमा आवद्ध किसानले आ–आफ्नो खाली र नाङ्गो जग्गामा लगेर चिया लगाउन सुरु गर्ने गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।
चिया बगानका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै कन्यामलाई झैं पर्यटकको गन्तव्य स्थलका रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । बेर्ना तयार भएपछि खिदिमाका सयौं रोपनी जग्गामा चियाको ब्लक निर्माण गरिने जनाइएको छ । ‘गाईबस्तु चरणका रुपमा प्रयोग हुँदै आएको नांगो पाखालाई चिया खेतीमा सदुपयोग गर्दै किसानको आयआर्जनका लागि चिया खेती विस्तारको काम थालिएको हो,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘लेकाली क्षेत्रका उपयोग बिहिन जग्गालाई सदुपयोग गर्दै गाउँमै रोजगारीको वाताबरण सिर्जना गरेर किसानलाई व्यवसायिक बनाउने गाउँपालिकाको लक्ष्य छ ।’
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



