हलेसीमा १० हजार गाँजाको बोट नष्ट

कार्तिक २७ बुधवार, २०७६
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न ठाउँमा लगाइएको गाँजा फँडानी गरेको छ ।

 

बाहुनीडाँडाको कुर्ले, सिरुवानी, डोडेनी, रुपटार, डुम्रे, झापा तथा डिकुवाको बलुई र बाईटारमा अवैधरुपमा लगाइएको करिब १० हजार गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए ।

हत्तपत्त प्रहरी पुग्न नसक्ने क्षेत्रमा लगाइएको गाँजा ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी च्यास्मीटारबाट खटिएका प्रहरीको टोलीले तीन दिन लगाएर नष्ट गरेका हुन् ।

गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्ने अभियान थालेको प्रहरीले आफ्नो अभियानलाई जारी राखेको छ ।