इसानको ‘बुद्धम शरणम गच्छामी’ सार्वजनिक
मंसिर १ आइतवार, २०७६
खोटाङ । गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम शरणम गच्छामी’ सार्वजनिक भएको छ । गत फागुनमा ‘आफु त हजुर’ बोलको म्यूजिक भिडियो बजारमा ल्याएका गायक इसानले पुःन अर्को गीत सार्वजनिक गरेका हुन् ।
इसानकै शव्द, संगीत र स्वर रहेको गीत दिवस श्रेष्ठको एरेञ्जमा बजारमा ल्याइएको हो । मञ्जुश्री स्टुडियोमा रेकर्ड गरिएको पाँच मिनेट लामो गीत यूटुवमार्फत सार्वजनिक गरिएको हो ।
सांगीतिक क्षेत्रमा संघर्षरत गायक इसानको नयाँ गीतमा ‘मानवमा हुने मपाईत्वलाई त्याग्नुपर्ने’ सन्देश समेटिएको छ । हाल स्वयम्भुमा बसोबास गरिरहेका गायक इसानले २०७१ सालदेखि औपचारिकरुपमा सांगीतिक यात्रा सुरु गरेका हुन् । उनले केही समयपछि तीन वटा नयाँ गीत तयार भइरहेको बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



