कराते प्रतियोगितामा १ नम्बर प्रदेशलाई दुई स्वर्ण, एक रजत
मंसिर १ आइतवार,२०७६
खोटाङ । बाग्लुङमा भएको दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश नम्बर १ ले विजयी सुरुवात गरेको छ । बडिगाड गाउँपालिकाको ग्वलीचौर खारबजारमा सुरु भएको दुई दिवसीय प्रतियोगितामा अन्य प्रदेशहरुलाई पछि पार्दै २ स्वर्ण १ रजत पदक जित्दै राम्रो सुरुवात गरेको हो ।
प्रदेश नम्बर १ ले प्रतियोगिताको पहिलो दिन आईतबार पुरुष एकलकाता र समुहकातामा २ स्वर्ण र महिला एकलकातामा १ रजत पदक जितेको हो । पुरुष एकलकातमा मोतिचन्द्र राई (२५.८) र पुरुष समुहकातामा अर्जुन श्रेष्ठ, रुरीहाङ दुमि र मोतिचन्द्र राई (२६.४)ले स्वर्ण पदक ल्याएको आयोजक बडिगाड डोजोले जानकारी दिएको छ । महिला एकलकातामा रोश्मा राईले (२६.८) रजत पदक ल्याएकी हुन् ।
यस्तै, प्रतियोगितामा पुरुष एकलकातामा प्रदेश नं. ५ ले (२५.०) रजत पदक, प्रदेश नं. ४ आयोजक (२४.८) र प्रदेश नम्बर ७ ले (२४.८) कास्य पदक, पुरुष समुहकातातर्फ प्रदेश नम्बर ४ आयोजकले (२४.४) रजत पदक तथा प्रदेश नम्बर ७ (२५.२) र प्रदेश नम्बर ५(२२.६) ले कास्य पदक जितेका छन् । महिला एकलकातामा प्रदेश नम्बर ७ (२७.६) स्वर्ण र प्रदेश नम्बर ४ आयोजक (२६.४) ले कास्य पदक जितेका हुन् । बाँकी खेल सोमबार हुनेछ ।
प्रतियोगितामा आयोजक टिम र सातै प्रदेश टिमको सहभागिता रहेको छ । १७ स्वर्ण, १७ रजत, ३४ कास्यका लागि १ सय ६८ खेलाडीले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्रथम हुने समूहले ८० हजार, दोश्रोले ५० हजार, तेश्रोले ३० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन भने, प्रतियोगितामा सहभागिता जनाउने समूहले १५÷१५ हजार नगद पाउने छ ।
गाउँपालिकाको २२ लाख ५० हजार, दाताहरुको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले दिप प्रज्वलन गरेर गरेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



