साँढे सात करोड बढिको सिँचाई योजना सुरु
मंसिर ७ शनिवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा साँढे सात करोड बढिको सिँचाई योजना सुरु गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा सिँचाई सुविधा विस्तार गर्ने लक्ष्यकासाथ लोकतान्त्रिक सिँचाई योजना शिलान्यास गरिएको हो ।
टुवा खोला मुहान भएको सिँचाई योजना प्रदेश नम्बर १ अन्तरगत जलश्रोत तथा सिँचाई डिभिजन कार्यालयको ७ करोड ७२ लाखको लागतमा सुरु गरिएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी र खोटेहाङ गाउँपालिका–५ चिप्रिङको सिमानामा पर्ने टुवा खोला किनारको अखटेमा शनिबार आयोजित कार्यक्रममा दिप्रङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले आयोजना शिलान्यास गरेका हुन् ।
३० महिनामा पुरा गर्नेगरी विवस इन्टरनेशनल कन्ट्रक्सन काठमाण्डौंले गत साउनमा योजनाको सम्झौता गरेको हो । शिलान्यासको मितिसम्म आइपुग्दा निर्माण कम्पनीले चार महिना गुजारिसकेको छ ।
जिरोप्वइन्टबाट १३ किलोमिटर दुरी रहेको आयोजनाको ९ किलोमिटर खण्डमा पाईप, आरसिसि, पिसिसि, ग्याविन वाल लगायतका संरचना राखिने छ । सिँचाई कुलो टुवा खोलाबाट पञ्चमीबजार हुँदै बतासेसम्म पु¥याइने जनाइएको छ । तीन वडामा सिँचाई सेवा विस्तार गर्दै कृषिको बृहत्तर विकासका लागि आयोजना सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
सिँचाई योजना शिलान्यासकाक्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राई, खोटेहाङ गाउँपालिका–५ चिप्रिङका वडाध्यक्ष किरण राई लगायतको उपस्थिति रहेको थियो ।

खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



