नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता हुँदै

मंसिर ८ आइतवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता गर्ने भएको छ । दिक्तेलको माटिकोरेमा नौ वर्ष लगाएर निर्माण गरिएको कबर्डहल उद्घाटनको अवशरमा नगरपालिकाले आगामी पुस १ गतेदेखि ३ गतेसम्म नगरपालिकाले नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीता गर्न लागेको हो ।

आईतबार पत्रकार सम्मेलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले प्रदेश नम्बर १ भित्रका नगरपालिकालाई मात्र सहभागी गराएर प्रतियोगीता गर्न लागिएको जानकारी दिएका छन् ।

प्रतियोगीतामा प्रथम स्थान प्राप्त टिमलाई नगद १ लाख ५१ हजार, दोश्रो हुने टिमले ८१ हजार र दुई सेमीफाइनलिष्ट टिमलाई ४१÷४१ हजारका सामाथ मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाको पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धनका लागि नगरपालिका स्तरिय मेयरकप व्याडमिन्टन प्रतियोगीताको तयारी गरिएको नगरप्रमुख रिजालले बताए ।

 

नगरपालिकाले जिल्ला व्याडमिन्टन संघसँगको सहकार्यमा नकआउट प्रतियोगीता गर्न लागेको हो । हरेक सहभागी टिमले सम्वन्धित नगरपालिकाको सिफारिस–पत्र सहित प्रतिष्पर्धामा आउनु पर्ने नगरपालिकाले जनाएको छ । प्रतियोगीताका लागि प्रदेश नम्बर १ भित्रका ४९ नगरपालिकालाई सहभागी गराउने तयारी भइरहेको छ ।