७ वर्षीय संमृद्धको बर्थडेमा ‘सानोघर’लाई आर्थिक सहयोग
मंसिर ९ सोमवार, २०७६
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ७ वर्षीय संमृद्ध राईले जन्मदिनको अवशरमा ‘सानोघर’ चितवनलाई आर्थिक सहयोग गरेका छन् ।
हाल विद्या संस्कार (पहिलेको चेल्सी इन्टरनेशनल स्कुल) काठ्माण्डौंमा कक्षा १ मा अध्ययनरत बालक राईले सोमबार ६ वर्ष पुरा गरेर ७ वर्ष प्रवेश गरेको अवशर पारेर अभिभावकमार्फत ‘सानोघर’ चितवनलाई ७ हजार आर्थिक सहयोग गरेका हुन् ।
विभिन्न पत्रपत्रिकामा प्रकाशित चित्रवापतको पारिश्रमिक, चाडवाडका समयमा पाएको दक्षिणा, आफन्तले मायाँ गरेर बिस्कुट, चकलेट खान दिएको पैसा जम्मा गरेर उनले ‘सानोघर’ चितवनको सहयोगार्थ सञ्चालक बिमला श्रेष्ठको नाममा आइएमई गरेर रकम पठाईदिएका छन् ।
‘सानैदेखि बाँडेर खानु पर्छ’ भन्ने सिकाईका लागि संमृद्धको जन्मदिनमा परोपकारी कामको थालनी गरिएको आमा रिंकु राईले बताईन् । संमृद्ध जति वर्ष पुग्छ जन्मदिनमा उति नै हजार रकम सामाजिक काममा खर्च गरिने परिवारको योजना छ ।
संमृद्धको छैठौं जन्मदिनमा स्कुल र घरमा केक काटियो । तर, सदाको भन्दा सानो केक काटिए । यसपल्टदेखि जन्मदिनमा आफन्तलाई बोलाएर भोज खुवाउनुको सट्टा त्यो रकमलाई आगामी बर्ष गरिने परोपकारी सहयोगका लागि बचत सुरु गरिएको उनका बाबु गोरखापत्र दैनिकमा कार्यरत पत्रकार दिपेन्द्र राईले बताए ।
‘सानोघर’ चितवनमा आश्रय लिइरहेका फरक क्षमता भएका २० बालबालिकाको सहयोगार्थ संमृद्धको जन्मदिनमा रकम पठाइएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



