खोटाङका उत्कृष्ट चार उद्योग पुरस्कृत
खोटाङका उत्कृष्ट चार उद्योग पुरस्कृत भए
मंसिर ९ सोमवार, २०७६
खोटाङ । खोटाङका उत्कृष्ट चार उद्योग पुरस्कृत भएका छन्। पाँचौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालयले सोमबार दिक्तेलको सिद्धलक्ष्मी बेकरी उद्योग, दिक्तेलकै हलेसी भेनियर उद्योग, नेर्पाको सनिम राडिपाखी उद्योग र दिक्तेलकै दिक्तेल सःमिललाई पुरस्कृत गरेको हो ।
घरेलु तथा साना उद्योग कार्यालयबाट प्रदान गरिएको प्रविधि, ज्ञान र सिपबाट सफलतापुर्वक सञ्चालन भइरहेका उद्योगलाई छनौट गरेर पुरस्कृत गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका उद्योग अधिकृत भेषराज खत्रीले बताए । उत्कृष्ट उद्योगका सञ्चालकलाई प्रोत्साहन स्वरुप दोसल्ला ओढाएर नगद ३/३ हजारका साथमा कदरपत्र प्रदान गरिएको छ।
उत्कृष्ट उद्योगीलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले पुरस्कार प्रदान गरेका थिए।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



