“मानवता हराएको मानव”
मानबहादुर खत्री
मंसिर १२ बिहिवार, २०७६
खोटाङ । सायद लाखौं करोडौं जीव जिवात्मा र किटपतङ्गको सफल सिर्जनापछि सृष्टिकर्ता ब्रम्हाले सृष्टि गरेको हुनुपर्छ । उनको यो महान र उच्च कार्य थियो । आफैसँग खुशी भएर उनी निकै उफ्रिएको हुनुपदर्छ । मानिस जस्तो चेतनशिल, विवेकी, ज्ञानवान, सक्षम अनि सचेत प्राणीको सिर्जना गर्नु चानचुने कार्य थिएन ।
आफ्नो होनहार सन्तान जन्मिदा कुन चाँहि बुवाआमा खुसी हुदैनन् र ? सिर्जनाकार व्रम्हा यसरी पनि प्रफुलित भएका हुन सक्छन्, अव वुद्धिमान र सर्वश्रेष्ठ प्राणी रुपी मानिसलाई सम्पूर्ण कार्यभार जिम्मेवारी दिएर आराम गरुँ, विश्राम लिऊँ । मानवबाट धेरै आशा, भरोशा र विश्वास लिएका हुन सक्छन् ।
सृष्टिको निरन्तरतामा भरोसा ठूलै लिन्छन, तर उनको आशा भरोसा सोचेजति दीर्घकालीन हुदैन, केही युगहरु व्यक्तित हुन नपाउँदै सन्तान हुडार र गिद्ध रुपी हिंस्रक बनेर मातृत्व निमोठन थाल्छन्, सिनु लुच्छन । मातृभूमिको बक्षस्थलमा लात बजार्दै, मातृ हत्याको निम्ति आफ्ना कलुषित हातहरु उचाल्छन् । छिमेकीको स्वार्थ र सल्लाहमा आफ्नो घरमा आगो झोस्छन र दुःख भित्रिन कुनै घडीपला कुर्न पर्दैन । सबैतिर बेथिति व्याप्त हुन्छ ।
अस्पताल जस्तो पवित्र र संवेदनशिल क्षेत्रमा औषधि, उपचार आदिमा गिरोहको चलखेल हुन्छ, वालवालिका अपहरण गरी अंग झिकेर बेच्नु, विदेशी औषधि परिक्षणको लागि गरिव नेपालीलाई प्रयोगशाला बनाउनु, फोहोरको थुप्रोमा अवोध बच्चा वेवारिसे छोडनु, वृद्ध बाबुआमा, वृद्धाश्रम र कलिला छोराछोरी बाल स्याहार केन्द्रमा राखेर गलत संस्कार दिनु, दिनदहाडै निर्मम तरिकाले मानिस मार्दा कानूनको आखाँ धमिल्लिनु, महिला घरेलु हिंसाले चरमउत्कर्ष लिनु, सात्विक भोजन छाडेर तामासी खान्कीतिर लाग्नु, युवा जमात लागु औषधमा लिप्त रहनु कति सान्र्दभिक छ ? कली युग सकिएर छली युग, घोप्टे युग, र वली युग सुरु भई मानव बलीदिन निरिह जनावरलाई जस्तो पानी छ्यापेर मनाई रहनु पर्दैन, बस सनक चढनु पर्छ ।
न्याय बिक्यो, निष्ठा सकियो, सदाचार बसाई हिड्यो, कृष्णको देवहसान भयो, कंश हुर्कियो, श्रम लजाउन थाल्यो, अल्छिपन मौलाउन थाल्यो, छलेर, धुतेर, लुटेर, खोसेर, तृप्त भई मोवाइलमा मात्र घोप्टिने युग आयो । खाद्य पदार्थमा अखाद्यय मिसावट, स्वास्थ्य जोखिम । अव खाद्यय पदार्थले नपुगेर चरेश, हिरोईन, अफिम, कोकाइन र ब्राउन सुगरले छाक टार्न थाले । आपूर्तिमा पनि सहज नै भयो, पारवहन पनि सजिलै ठूला ठालुबाट नै हुन थाल्यो । देशका दरिला खम्बा तमाम युवाहरुलाई यसरी फसाउनु, बिर्गानु स्वार्थीय अनुकूलमा प्रयोग गर्नु र भविष्य बिगारदिनु, स्वार्थीय अनुकूलमा प्रयोग गर्नु र भविष्य विगारदिनु उही २०० ग्राम गिदीको कमाल हो, जसलाई जनादेश छ ।
आफनो शरीर बेच्न,ु बन्धकी राख्नु, अनि पैसाको लागि सरोगेट मोदर बनेर बच्चा जन्माई अर्कालाई सुम्पिनु खोई मातृ वात्सल्य ? खोई कानून प्रशासन ? यतिबेला हेग के हेदैछ ? कि यस्तो जघन्य अपराधका लागि कानूनी प्रावधान भै सक्यो ?
मानव अव मानव रहेन, दानवत्वले सोचाइँमा, बोलाईमा, व्यवहारमा, क्रियाकलापमा, पूर्णतया राज गरी सक्यो । सत्यता डगी सकेको छ, संवेदनामा मकिया लागेको छ, न्याय खोट्याउने आँखामा माकुरे जालो लागि सकेको छ अनि सकारात्मक सोच्ने दिमागमा धमिराले माटो उठाएर जड वनाई सखाप पारेको छ । सशस्त्र युद्धमा मानव ढाल बनाउनु, हताहत वनाउनु, लाखौ चेलीको सिउँदोको सिन्दुर पखालनु, लाखौं आमाहरुको काख रित्याउनु, अनि ती भगवानका अंगरुपी अबोध वालवालिकाहरुलाई असहय र टुहुरा बनाउनु, आवश्यकता थिएन, उन्माद र स्वार्थ थियो । मनवत्वमा खडेरी लागेको अवस्था थियो । पशुहरुले कहिल्यै सजातिय हत्या गर्दैन । प्राकृतिक नियम विरुद्ध जाग्दैन, सन्तान र प्रजातिको रक्षा गर्छ, थोरै अनि परिश्रमको अर्गानिक खान्कीमा सन्तुष्ट रहन्छ । भोली सोच्दैन र वर्तमानमा खुसी हुन्छ । आवश्यकता पुरा गर्छ लोभ र मोह पुरा गर्दैन ।
एक्काईसौ सताव्दीको यो प्राविधिक युगमा चेतना र ज्ञान विष्फोटनको युगमा ढुङ्गे युग झैं संकुचित सोँच कुसंस्कार, अन्धविस्वास र लाल्चाले दाइजो रुपी क्यान्सर हुर्किएर तमाम चेलीहरुको विभत्स हत्या, पेट्रोल छर्किएर आगो लगाउने, एसिड छर्केर कुरुप बनाउने कस्तो नीच र निन्दनीय कार्य मौलाउदै छ, खोइ मानवता, बुद्धि, विवेक, दया, माया र संस्कार ? मानिसको तन, मन, भावना, सोँच र आशामा छुरा घोपिन थालेको छ । ममता र स्नेहमा तुषारापात भएको छ, बौद्धिकतामा स्खलन भएको छ । जीजिविशाका टुशाहरु निमोठिदै छन्, इच्छाहरु कुल्चिइदैछन, आशा भरोशा अनि विश्वासहरु मृगतृष्णा झैँ लाग्न थालेका छन् । आत्मा कठोर र जड बन्दैछ ।
राष्ट्रका होनहार, आशाका केन्द्रविन्दु अनि विकास र उन्नतिमा अग्रगामी छलाङ मार्न सक्ने सकारातमक सोँच भएका महान व्यक्तित्वको बंश नै सखाप पार्ने नरसंहारका परिदृष्यहरुको बखानका लागि इतिहास जिउँदो दशी र प्रमाण छ, के यो न्याय संगत छ ? आवश्यकता वा बाध्यता वा रहर हो ? यो त उन्माद, सनक, सत्तालोलुप्ता, कुर्सी, मोह, शक्तिको होड तथा इशाराको नग्नदृष्य र घृणित स्वार्थीपन हो । व्यक्तिगत र झिनो स्वार्थका लागि पार्टी फूटाउने, जुटाउने, राष्ट्र टुक्रयाउने, जनता भड्काउने, मतियारहरुको रवैया बढी रहेको छ ।
आमासँग सानीमा साट्ने दुष्प्रयास भईरहेको छ । घरका लागि विभिषण बनी आङ कनाएर छारो उडाउने कार्य भईरहेछ । खोई मानवता, कर्तव्य र राष्ट्रभक्ति ? निर्दोष, पवित्र, पुज्य, वैज्ञानिक दृष्ट्रिबाट समेत बहुपयोगीसिद्ध जनावर भिरबाट लडाउँदा के मानवता डुगमगाएन ? आत्मा कापेन ? मानवता रोएन ? दयारुपी महासागर रसाएन ? लिङ्ग भेदको चरम उत्कर्ष र यौन आवेसको क्षणिक निर्णयको प्रतिफल भ्रुण हत्या कहाँसम्मको निन्दनीय, घृणित र निकम्मा कार्य हो ? आखिर त्यो अवोध सुक्ष्म जीवको के हो नै पो अपराध थियो र ? पशुले सिजन र प्राकृतिक सन्तुलनका लागि आवश्यकतानुसार सहवास गर्छ तर ज्ञानवान सचेत र विकेकशिल मानवरुपी दानव जहाँ सुकै, जहिल्यै, जसलाई पनि करणी, बलात्कार गर्न उद्धत रहन्छ । सामुहिक बलात्कारपछि निर्मम र पाशविक हत्या गरेर खोल्सा, झाडी र नदीमा मिल्काईदिन्छ, खोई, दयाँ, मायाँ, अदालत, न्याय र मानवता ? वर्षभरीमा कतिजना निर्मलाहरुले आस्मिता लुटाएर देश त्यागेका छन्, खोई हिंसावको सक्कली फेहरिस्त ?
अर्गानिक चामलमा चिल्सा लागेको अनि कुहिएको पिठो र पत्रु खानाले बजार तताएको छ । कृत्रिम अभाव र मंहगीले गरिवको ढाड सेकाएको छ । हुनेखाने र हुँदा खानेको बीचमा भिमकाय पर्खाल बन्दैछ । ग्याँस च्याम्वर र इटा भट्टामा मानिस पोल्नु, पाषाण हृदय नभएर मानवता हो त ? आजसम्म हिरोसिमा र नागासाकी रोइरहेको छ । नवयुगका हिटलर र मुसोलिनीहरु टाउको उठाएर सल्वलाई रहेछन् ।
पैसाको लागि मानिस यति संकिर्ण र विकृत भयो कि विवाहको नौटकी रचेर प्रलोभन देखाएर निमुखा निर्दोष र सोझो महिला र अवोध बालवालिका सीमा पारीको कोठरीमा नारकीय जीवन ज्यून बाध्य बनाईन्छ । यतिमात्र होईन। सर्वत्र बलात्कार, हत्या, हिंसा, अपहरण, तस्करी, भ्रष्टाचार, घुसखोरी, चोरी, डकैती, लुटपाट, नातावाद, क्रिपावाद, फरियावाद, चाकरी, चाप्लुसी, अराजकता, खुट्टातान्ने प्रवृति, गुण्डागर्दी र डन जस्ता कुकर्म आकासिन थालेका छन । दया, माया, स्नेह, सहयोग, सदाचार, भाइचारा, आत्मियता र बसुदैव कुटुम्वकममा खडेरी लागेको छ ।
विधिको शासन, कानूनी राज्य, सक्षम र सचेत नेतृत्व जस्ता प्रणाली कानूनका पानामा मात्र सिमित रहे । अर्थ रुपी विश्व बजारमा इमान, जमान, नैतिकता, कर्तव्य, मर्यादा, इज्जत, दया, माया, सम्वन्ध, मोलमोलाइमा लिलाम विक्री भैसके । स्वार्थ पूर्तिको लागि रगतको सम्वन्ध, भावनाको साइनो र मानविय नाताका पर्खालहरु लडिसके । सोँच र संवेदनामा खिया लागि सक्यो । रगत प्रदुषित भएको र भावनामा रसाउने आशुका पोखरीहरु सुकिसके र बचेका पनि गोहीको आशु बनेका छन् ।
अवको विकास भनेको अनुत्तरीत छ, असम्भव छ, अकल्पनीय र दुरदराजमा सुस्ताएको छ । छली र बली युगका स्वार्थी, ढोगी, सङ्कुचित सोच र घृणित व्यवहार भएका दुष्टहरुवाट संभव छैन् । प्राकृतिक न्यायको सिद्धान्त अनि माल्थसको आदर्श जनसंख्या सिद्धान्तको आवश्यकताको विकल्प रहेन । वर्तमान विश्वले यो जल्दोबल्दो र विकराल समस्या हल गर्ने क्षमता राख्दैन । अकवर र विरबलको कथामा झैं मोती टिप्ने हैसियत र लायकपन कसैमा रहेन । (लेखक ः खत्री सरस्वती मावि साकेला गाउँपालिका ५ मात्तिम खोटाङका शिक्षक हुन ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



