कहाँ चुक्दैछ सरकार

विप्लवी तेन्जु योन्जन

जुन बेला मेरो बालापन थियो । घरको दलिनको थाममा झुन्ड्याएको रेडियोमा सदा बहार बज्ने देश प्रेमबाट ओतप्रोत भएका राष्ट्रिय गीत सुन्दा मेरो झिनो सिकुटे ज्यान नै फुल्थ्यो । जहाँ तिनै गीतमा झल्किने भावले हाम्रो देश र हामी तमाम नेपालीहरुको ऐतिहासिक इतिहासको अब्बल परिचय दिनुका साथै वीरताको पथमा हिँडिरहन समेत प्रेरणा भर्दथ्यों ।

पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं ।
देशले रगत मागे …………..।
कुन शक्तिको सामूमा कहिले हामी झुकेथ्यौ …….आदि आदि ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको कोमल हातबाट कलमको निवले कोरिएका ती शब्दले हाम्रो इतिहासको गाथालाई सम्झाउँछ । आफ्नो भू-भागको रक्षार्थ हाम्रा वीर नेपालीहरूको सार्मथ्य र त्यागको सचित्र उर्ताछ । अनि हाम्रो देशको विशाल भूभाग अनि नेपाली छातीको गौरव गाथा ओकल्छ । नव सृर्जनसिल नव कवि, कवियत्री, गजलकारहरुले आफ्नो साहित्यिक क्षेत्रमा आफ्नो देश प्रतिको माया स्नेहले सुसज्जित कृतिहरु प्रकाशन गरेका छन् । यी फगत सिर्जना मात्रै होइनन् यी त हामी र हाम्रा लागि ऐतिहासिक दस्तावेज समेत हुन् ।

हामी मात्रै नभएर धेरै विद्यालय जाने बालबालिका कितावका पानामा हाम्रा वीर पूर्खाको साहस, हिम्मत र अथाह देश प्रतिको प्रेमलाई पढेर पक्कै पूर्खाको सम्मान र वीरताको कदर गर्छन्। यस्तै बालखैमा देशका लागि आफ्नो ठाउँबाट सक्दो योगदान दिन सकियोस् भनेर प्रण गर्दै कम्मर कस्छन ।
हो जुनै देशको पनि आफ्नो देशको भौगोलिक विषय सबै देशको उच्च प्राथमिकतामा पर्छ । यसमा इतिहासको गाथा र आफ्नो अस्तित्व समेत रहने हुदाँ सबैलाई आफ्नो भूमिको माया अगाध लाग्छ तर सीमामा केही असमझदारी भए त्यसले मन बिझाउँछ । सीमा विवादले गर्दा नै विश्वमा धेरै पटक मनोमालिन्य र विवाद हुँदै आइरहेको देखिन्छ ।

पटक पटक सीमा विवाद सुल्झाउन गरिएको समझदार सन्धी नेपालीको इच्छा विपरित भएको प्रष्ट देखिन्छ । भर्खरै भारतले नेपालका भूभागलाई अतिक्रमण गरिएको भू”भाग समेटेर आफ्नो नक्सा सार्बजनिक गरेपछि नेपाली जनताको आक्रोश बढेर गएको छ । मिडियामा सीमा अतिक्रमणको खबर पढेका, सुनेका आम नेपालीको हृदय फेरि एकपटक कठोर बनाउने अवस्था सृर्जना भएको छ । प्रतिवाद स्वरूप आन्दोलन समेत विस्तारै दिनानुदिन उठ्दै गइरहेको छ ।
कालापानी, सुस्ता, टनकपुर, लिपुलेक, पशुपतिनगर लगायतका ठाउँमा सीमा विवादले विगत लामो समयदेखि नै नेपाली जनताको भावनामा चोट र्पुयाइरहेको इतिहास कुनै नौलो भने हैन । कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो देशका अमूल्य निधि हुन् । त्यसैले यो क्षेत्र माथिको भारतको अत्यचारी प्रहार कुनै पनि देशप्रेमीको मनमा अटाउन सक्ने विषय नै हैन् ।

अपवाद, लडेरै गुमेको भू”भाग आफ्नो बनाउने विकल्प छुट्टै छलफलको विषय बन्ला तर नेपाली भूभागमा कुदृष्टि लगाउने सम्वन्धित पक्षलाई पूर्खाले कोरिदिएको वीरताको गाथा कम्तीमा स्मरण गराउन सक्ने अवधारणा बोकी सरकारी निकायले राष्ट्रिय आफ्नो हो भन्ने औकात भने अवश्य राख्नैपर्छ ।
तर विपरित भएको भान हुनेछ आफ्नो सीमा फिर्ताको लागि भारत विरुद्ध आन्दोलनमा’ सडकमा उत्रिएको तमाम देश भक्ति जनतालाई समर्थनको उपहार स्वरुप समात्दै प्रहरीको दमनमा चिसो छिडिमा लगाउने कु नीति बन्द गरियोस ।

वास्तवमा भन्ने हो भने नेपाली जनताको हितको लागि हुँदै हैन सरकारले चालिएको कदम उनिहरुको स्वार्थको लागि गरिएको सावित भएको भान हुन्छ । किन कि सरकार पक्षले गरिएको सम्झौता ऐतिहासिक लिपुलेकको विषयमा चीन र भारतबीच जसरी नेपाललाई अलग्याएर लिपुलेक ट्रान्जिट सम्झौता भएको छ, त्यो हुनु नै नेपालिहरुको दुर्भाग्य झै आफैंमा हेपाहा प्रवृत्तिको उत्कट नमूना हो भन्दा कति फरक पर्दैन ।

जुन स्वामित्ववाला देशलाई बाहिर राखेर जसरी एकल स्वतन्त्रताको हक बन्दी गर्दै मनोपोली ढंगले मनखुसी गरिएको छ, त्यो खेदजनक छ ।
बिडम्बना ! सदियौंदेखि आफ्नो देशको भू”भाग आफ्नो देशको माटो आफ्नो देशको अस्तित्व बचाउँन सीमामा नेपाली गरिव, निमुखा सोझा सिधा जनता ले भारतीय सुरक्षा दस्तासँग भिडिरहनुपर्ने बाध्यता छ । यति हुदाँहुँदै पनि दुख्को कुरा त आफ्नो स्वामित्वमा रहेको जमिन राति सुत्दा नेपालमै सुतेका हाम्रा नेपाली बिहान उठ्दा अर्कै देशको भूमिमा आफ्नो देशको अस्तित्व खोज्नुपर्ने बाध्यता देखी मुक्ति कहिले पाउला ? आफ्नो अस्तित्वको रक्षा भएको अनुभूति कहिले होला ? यस्तै अनगिन्ती प्रश्नहरुले चारैतिर घोचिरहेको छ ।

यतिबेला सामाजिक सञ्जाल तातिरहेको छ । यो माहोलमा नेपाली आफ्नो मिचिएको र मिचिन लागेका भू”भागको फिर्ता र हेपाहा प्रवृति आफ्नो स्वामित्व भित्र रहेको जमिनको हस्तक्षेपको विरूद्धमा आवाज बुलन्द गराईरहेका छन् ।

आ”आफ्नै क्षेत्रबाट मुक्तिको खातिर आवाज उठाई रहेको छ सर्जकहरू आफ्नो सिर्जनामार्फत् देशको भूमि बचाउन अब जाग्नैपर्ने बेला आएको भन्दै सबै नेपालीलाई जागरुक बनाइरहेका छन् । सीमामा समेत सर्वसाधारण र विद्यार्थीले नेपालको रातो चन्द्र सूर्य अंकित रातो झण्डा फहराउँदै देशको भौगलिक अतिक्रमणको विरोध गरिरहेका छन् । यो परिस्थितिमा सीमामा पिल्लर मात्रै हल्लिएका छैनन् पिल्लर सारिएको छ तमाम नेपालीका मन छिमेकीको व्यवहारले दुखित छन् ।

सरकारका विभिन्न पक्ष, निकाय संयन्त्रले यस बीचमा सीमा समस्या सुल्झाउन कूटनीतिक रूपमा प्रयत्नै गरिरहेको देखिए पनि त्यसले अपेक्षित नतिजा दिन सकेको देखिँदैन किनकी छिमेकीको स्वार्थी आँखा हाम्रो प्रिय भूमिमा गढेको छ ।
जसरी पनि नेपाली भूभाग कब्जा गर्ने रणनीतिले संवादको प्रक्रिया धिमे गतिमा समेत अघि बढ्न सकेको छैन् । ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा कूटनीतिक तवरबाट समस्या समाधान गरिने भनिए पनि यो निकै ढिलो भैसकेको छ । सरकार पक्षले नितिगत गम्भीर भएर यो समस्याको समाधान नगर्नाले सीमाका अधिकान्स नेपालीहरुले आफ्नै जमिनको लालपुर्जाका मात्रै हिस्सेदार बनेर मात्रै बस्नुपर्ने नियति पक्कै राम्रो होइन। यसमा समाधानको विन्दु पहिल्याउनै पर्छ ।

यदि यो कार्यले गति लिन सकेन भने सधैंभरि हामी नेपाली सीमाकै विषयमा अल्झिएर देशको महत्वपूर्ण समय गुजारिरहेन बाध्य हनु पर्ने हुन्छ । आर्थिक विकास र समृद्धिको आफ्नै लक्ष्य अनवरत पछ्याउनुपर्ने समयमा ध्यान अन्तै मोडिन पुगेको छ जसले गर्दा सुध्रिँदै गएको आर्थिक लयको बाटो बिग्रने देखिन्छ भने अर्कोतर्फ बामे सरिरहेको संघीयताको समेत हिँडाइ अस्थिर बन्ने देखिन्छ ।

देशका दुई कारोड जनता, मिडियाले चासो राख्दैं भूभाग मिचिएको विषय उठान गरिरहँदा सम्बन्धित पक्षले यस विषयलाई तदारूकताका साथ औपचारिक रूपमा सम्बोधनको प्रक्रिया नथालेको हो कि भन्ने आभास भएको छ। यसले झन् सर्वत्र चिन्ता र चासो विरोध भासको जन्म समानान्तर भएको छ ।
हाम्रो देशका पूर्वज वीर पूर्खाले सीमित फौजी शक्तिमा रातदिन नभनी, भोकप्यासको प्रवाह नगरी, छातीमा ताता गोलीका चाप, ताप सहेर आफ्नो कायम राखेको भू”भागलाई समृद्धि नयाँ नेपाल संघियताको आगमन सगै अहिलेको विकसित फरक परिवेशमा पनि कायम राख्न चुक्नु वा समाधानको बाटो नभेट्नु वीर नेपाली पूर्खाको अपमानको संकेत त होइन ? प्रश्न यसरी पनि सोझिएको छ ।

लडेरै गुमेको भू”भाग आफ्नो बनाउने विकल्प छुट्टै छलफलको विषय बन्ला तर नेपाली भू”भागमा कुदृष्टि लगाउने सम्बन्धित पक्षलाई पूर्खाले कोरिदिएको वीरताको गाथा कम्तीमा स्मरण गराउन सक्ने तागत र साहास भने अवश्य राख्नैपर्छ । (लेखक : योन्जन, दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरी खोटाङ घर भई हाल रेगिस्तान बस्दै आएका छन् ।)