किन बढ्दैछ दुर्घटना
मंसिर २० शुक्रवार, २०७६
खोटाङ । केही बर्ष यता नेपालमा सडक दुर्घटना यति धेरै हुन थाल्यो कि यात्रा नै कहाली लाग्दो अनुभूत हुन्छ । खास गरेर पहाडी क्षेत्रका कच्ची सडकको यात्रामा ठूलै जोखिम मोलेर गाडी चढ्ने अवस्था छ । हुन त सुगम ठाउँमा पनि नेपालमा दुर्घटनाको अनुपात तुलनात्मक हिसाबले बढी नै छ । यसका अनेक कारण छन् । पहिलो कुरा त सडकहरू वैज्ञानिक तबरबाट बनाइएका छैनन् । सडक डिजाइन गर्नु अगावै दुर्घटनाको सम्भावनाको आकलन गरिनु पर्छ । ठूला ठूला राजमार्ग बाहेक अन्य सडक निर्माण गर्नु अगाडि यस किसिमको सर्भे गर्ने परिपाटी नै छैन् ।
अझ पछिल्लो चरणमा पालिका स्तरमा बनाइएका धेरै जसो सडक एस्काभेटरको ड्राइभरको तजबिजमा बनेका छन् । यी सडकमा दुर्घटनाको धेरै सम्भावना रहन्छ ।
यसका अतिरिक्त अधिसंख्यक ड्राइभरहरु आभ्यासिक छन् । तालिम प्राप्त र दक्ष ड्राइभरको संख्या अत्यन्त न्यून छ । लामो दुरिका सवारी साधनमा वैकल्पिक ड्राइभरको अनिवार्य व्यवस्था मिलाउन सरकारी नियन्त्रक निकायले चासो दिए जस्तो लाग्दैन । पन्ध्र, बीस घण्टा निरन्तर गाडी हाँक्दा कुनै पनि बखत दुर्घटना हुन सक्ने सम्भावना रहन्छ । लामो दुरिको सवारी साधन दुर्घटनाबाट जोगाउन पालो पालो गाडी चलाउने व्यवस्था अनिवार्य नगर्ने हो भने दुर्घटनाको सम्भावना घट्न सक्दैन, बढेर जान्छ ।
यसका अतिरिक्त मापासे, मोबाइल फोन, क्षमता भन्दा बढी यात्रु पनि दुर्घटनाको महत्वपूर्ण कारण हुन् । सबै भन्दा मुल कडि त थोत्रा गाडी र कच्ची सडक सबै थोक मिलेपछि दुर्घटना स्वाभाविक हुन जान्छ । सरकारी निकायले कडाइँका साथ यसतर्फ ध्यान पु¥याउन जरुरी छ । दुर्घटनाबाट बचाउन यात्रु पनि उत्तिकै चनासो हुन आवश्यक छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



