सरस्वती नमूना मावि र दिक्तेल इंलिस बोर्डिङ स्कुल फाईनलमा
मंसिर २० शुक्रवार, २०७६
खोटाङ । खोटाङमा जारी तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीतामा सरस्वती नमूना मावि दिक्तेल र दिक्तेल इंलिस बोर्डिङ स्कुल फाईनल प्रवेश गरेका छन् । शुक्रबार भएको सेमीफाइनलिष्ट खेलमा चिसापानी नमूना माबि चिसापानीलाई १ का बिरुद्ध २ गोल गर्दै सरस्वती नमूना माबिले फाईनलको यात्रा तय गरेको हो ।
यस्तै, दिक्तेल इंलिस बोर्डिङ स्कुलले माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेललाई ० का विरुद्ध ६ गोल गर्दै फाईनलमा पुगेको प्रतियोगीताका संयोजक श्याम पौडेलले बताए । प्रथम र दोश्रो स्थानका लागि शनिबार बिहान ११ बजेपछि फाईनल खेल हुने आयोजकले जनाएको छ । फुटबल खेलमा सम्भाबना बोकेका प्रतिभाको पहिचान गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यकासाथ खोटाङ फुटबल एकेडेमी (केएफए)को आयोजनामा बुधबारदेखि तेश्रो अन्तर माबि स्तरिय केएफए छात्र फुटबल प्रतियोगीता सुरु भएको हो ।
प्रतियोगीताका विजेता र उपविजेताले क्रमशः २५ हजार र १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगीतामा जिल्लाका १६ माविले प्रतिष्पर्धा गरेको खेल संयोजक पौडेलले बताए
उत्कृष्ट खेलाडीलाई अध्ययनको अवशर
कक्षा १० सम्मका छात्र मात्र सहभागी गराइएको अन्तर विद्यालय छात्र फुटबल प्रतियोगीताका उत्कृष्ट ५ जना खेलाडीलाई प्रिमियर कलेज, ४ जनालाई ग्रामर कलेजले, २ जनालाई व्रिजवाटर इन्टरनेशनल कलेज काठ्माण्डौंले कक्षा ११ र १२ अध्ययनका लागि निःशुल्क छात्रबृत्ति प्रदान गर्ने छन् ।
यस्तै, दिक्तेल इंलिस बोर्डिङ स्कुलले १ जना, माउण्ट एभेरेष्ट बोर्डिङ स्कुलले २ जना र सरस्वती नमुना माबि दिक्तेलले ५ जना खेलाडीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रबृत्ति प्रदान गर्ने प्रतियोगीताका संयोजक पौडेलले बताए । छात्रवृत्ति प्राप्त गर्नका लागि खेलाडीले एसइईमा कम्तीमा ‘बी प्लस’ ग्रेड ल्याउनुपर्ने छ । यस बाहेक उत्कृष्ट ११ खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा)को उमेर समुह राष्ट्रिय खेलाडी छनौट प्रतियोगीतामा सहभागीताको अवशर पाउने खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेष श्रेष्ठले बताए ।
एकेडेमीले विद्यार्थी खेलाडीको मानसिक, वौद्धिक तथा शारिरिक विकासका लागि खेलकुदका गतिविधि सञ्चालन गर्दैआएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



